घरकै सरसफाइ र आयआर्जन गर्दा पुरस्कृत हुने भएपछि फेरिँदै चेपाङकाे जीवनशैली

चितवन - चितवनको इच्छाकामना–१ राजभोग बस्ने चेपाङ समुदायको दैनिक जीवनशैली फेरिँदै गएकाे छ। राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन् । आर्थिक अवस्थामा सुधार आएको छ । बालबालिका नियमित विद्यालय जान्छन् ।  यो अवस्था सिर्जना गरेका हुन् सामाजिक कार्यमा क्रियाशील चितवनको सौराहामा रहेकाे सपना भिलेज सोसियल इम्प्याक्ट र इच्छाकामना गाउँपालिकाले । सपना भिलेजले गाउँपालिकासँगको सहकार्यमा ‘सबै यात्राको सुरुआत एक सपनाबाट हुन्छ&rsqu...