काठमाडौं (अस) । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हालै लन्च गरेको आई२० का लागि साउन २९ गते गोकर्ण फरेस्ट रिसोर्टमा मिडिया टेस्ट ड्राइभ कार्यक्रम सम्पन्न गरेको छ ।
मिडिया हाउसका प्रतिनिधि उपस्थित उक्त कार्यक्रममा अल न्यू आई२० का इड्गे तथा स्पोर्टी गाडीको विशेषताबारे कम्पनीका पदाधिकारीले जानकारी गराएका थिए ।
एक साताअघि नेपालमा लन्च भएको अल न्यू आई२० ले बजारमा उत्साहपूर्ण प्रतिक्रिया पाइरहेको कम्पनीले बताएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलको विश्वास रहेको छ । हुन्डाई आई२० टाइफुन सिल्भर, टाइटन ग्रे, मेटालिक कपर, स्टार्री नाइट, पोलर ह्वाइट र फायरी रेडमा नेपाली बजारमा उपलब्ध हुनेछ ।
नेपालमा म्याग्ना र स्पोर्ट्स भेरियन्टमा पाइने यी गाडीको मूल्य ३६ लाख ९६ हजार र ४१ लख ९६ हजार रुपैयाँ तोकिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १४ सोरुम तथा १८ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ ।