विराटनगर : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले एक हप्ताभित्रै अल्पमतमा पर्ने बताएका छन्।विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा एकीकृत समाजवादीका नेतासमेत रहेका राईले यस्तो बताएका हुन्।नेता राईले केन्द्रीय सत्ता गठबन्धनमा रहेका र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै राजीनामा दिनेसमेत बताए।अहिले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा माओवादी र जसपा समाहित छन्। सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग छलफल भइसकेकोले शीर्ष