विराटनगर : प्रदेश १ का निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारलाई रचनात्मक सहयोग गर्ने बताएका छन्।मंगलबार प्रदेशसभाको दोस्रो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले यो सरकार पाँच वर्ष नै टिक्नुपर्ने बताउँदै सरकारको राम्रो कामलाई सहयोग गर्ने बताए।उनले प्रदेशसभाको पाँचवर्षे कार्यकाल सुखद नभएको समेत बताए। अघिल्लो पटक देखिएका घटनाक्रमले व्यवस्थाप्रति नै प्रश्न उठेको बताउँदै उनले सुधारका लागि हरेकले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने सुझाव दिए।संसद्मा खराब अभ्यास भएको बताउँदै उनले भन