राजेन्द्रकुमार राई र लिलबहादुर थापाको जोडीले जित्यो मदन स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र गण्डकी प्रदेश सांसद लिलबहादुर थापाको जोडीले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । ललितपुरस्थित रिभाइभ रिक्रियसन सेन्टरमा बुधबार भएको फाइनल खेलमा राई र थापाको जोडीले दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीलाई २१–१७, २१–१९ ले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । प्रतियोगितामा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष …