माधव नेपाल पक्षका युवा नेता राजेन्द्र राईले जेठ २ का नाममा आगामी शुक्रबार बोलाएको बैठकमा नजाने बताएका छन् । बुधबार एमाले महाधिवेशन आयोजक कमिटीका नाममा बालुवाटारमा बसेको बैठकले आठ जना नेताहरुलाई स्थायी समिति सदस्यमा मनोनयन गरेको थियो ।जसमा माओवादीतर्फका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा तथा पूर्वएमालेका विष्णु रिमाल, रघुवीर महासेठ, बेदुराम भुसाल र रघुजी पन्तलाई स्थायी कमिटीमा मनोनित गर्ने निर्णय गरेको थियो ।यो निर्णयले केपी ओली एकताको पक्षमा नरहेको पुष्टि भएको भ