पाल्पामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १२७ परीक्षार्थी अनुपस्थित भएका छन् । नियमिततर्फ छात्रा ४६ र छात्र ५६ गरी १०२, ग्रेडवृद्धितर्फ छात्रा १२ र छात्र १३ गरी २५ जना अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी बमबहादुर थापाले जानकारी दिए । परीक्षामा जिल्लामा १३६ विद्यालयका परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यहाँ परीक्षामा २६ केन्द्र निर्धारण गरिएको छ भने २६ केन्द्राध्यक्ष, ३२ सहायक केन्द्राध्यक्ष, २४२ निरीक्षक, ४९ परीक्षा सहायक, ९८ कार्यालय सहयोगी र ३९० सुरक्षाकर्मी