नेपाल बैंकको निक्षेप–कर्जामा उच्च वृद्धि

काठमाडौं (अस) । नेपाल बैंकले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्घि गरेको छ । गत फागुनमा नेपालका २७ वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्घिको आधारमा नेपाल बैंक पहिलो स्थानमा रहेको बताइएको छ । गत फागुननेपाल बैंकको निक्षेप २१.६७ प्रतिशतले बढेको छ भने कर्जा विस्तार ३०.३५ प्रतिशतले वृद्घि भएको छ । २७ मध्ये १७ वटा वाणिज्य बैंकको निक्षेप वृद्घि भएको छ भने १० वटा वाणिज्य बैंकको निक्षेपमा ह्रास आएको छ । वाणिज्य बैंकको औसत निक्षेप वृद्घिदर ५ प्रतिशत रहेको छ । त्यसैगरी २७ वटै वाणिज्य बैंकको कर्जा विस्तारमा वृद्घि भएको छ । औसतमा वाणिज्य बैंकको कर्जा विस्तारमा १६ प्रतिशतको बृद्घि भएको छ । हाल वाणिज्य बैंकहरुसँग कुल निक्षेप ४३ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ भने कुल ऋण ४१ खर्ब ७२ अर्ब पुगेको छ । फागुनमा मात्रै बाणिज्य बैंकहरुको निक्षेप २२ अर्बले बढेको छ भने कर्जा प्रवाह १७  अर्ब रुपैयाँले विस्तार भएको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांकअनुसार यस अवधिमा १९ वटा वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) राष्ट्र बैंकले तोकेको सीमा ९० प्रतिशतभन्दा बढी रहेको छ भने नेपाल बैंकको कर्जा निक्षेप अनुपात भने ९०.०३ प्रतिशत छ । हाल बैंकले २१३ शाखा, १४७ एटीएम, ४७ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

सम्बन्धित सामग्री

३ अर्ब ७० करोड पुग्यो एनएमबि बैंकको नाफा

१९ साउन, काठमाडौं । खुद ब्याज आम्दानी सँगै सम्भावित कर्जा नोक्सानीवापतको प्रोभिजन रकमबाट भएको राइट ब्याकले गर्दा एनएमबि बैंकको नाफामा उच्च वृद्धि भएको छ । बिहीबार बैंकले आर्थिक वर्ष २०७८/०७९ मा ३ अर्ब ७० करोड १३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ मा दुई अर्ब ७१ […]

निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो

५ जेठ, काठमाडौं । नेपाल बैंक लिमिटेडले निक्षेप संकलन तथा कर्जा विस्तार दुवैमा उच्च वृद्धि गरेको छ । वैशाखमा नेपालका २७ वटा वाणिज्य बैंकमध्ये निक्षेप संकलन तथा कर्जा प्रवाह वृद्धिको आधारमा नेपाल बैंक प्रहिलो स्थानमा रहेको कम्पनीले दाबी गरेको छ । वैशाख महिनासम्म नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको छ । कर्जा विस्तार ३१.९८ […]

सुदूरपश्चिममा सहुलियतपूर्ण कर्जा प्रवाहमा उच्च वृद्धि

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सहुलियतपूर्ण कर्जा प्रवाहमा उच्च वृद्धि देखिएको छ । उक्त प्रदेशमा गत आवमा २०७७/७८ यस्तो कर्जाको वृद्धि २८६ प्रतिशतले भएको नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदनले देखाएको हो । केन्द्रीय बैंकका अनुसार गत आवमा सुदूरपश्चिममा सहुलियतपूर्ण कर्जा ७ अर्ब ५३ करोड प्रवाह भएको छ । अघिल्लो आव २०७६÷७७ मा भने उक्त प्रदेशमा १ अर्ब ९५ करोड यस्तो कर्जा प्रवाह भएको थियो । सुदूरपश्चिमका ९ जिल्लामा उक्त परिमाणमा सहुलियतपूर्ण कर्जा परिचालन भएको हो । समीक्षा अवधिमा दार्चुलामा १३ करोड ६० लाख, बैतडीमा १३ करोड ४९ लाख, डँडेलधुरामा २७ करोड कर्जा प्रवाह भएको छ । यस्तै, कञ्चनपुरमा १ अर्ब ६४ करोड ३० लाख, बझाङमा १५ करोड २० लाख, बाजुरामा ३ करोड ६० लाख,  डोटीमा २५ करोड ९० लाख, अछाममा ९ करोड १० लाख र कैलालीमा अर्ब ८० करोड ९० लाख रुपैयाँ यस्तो कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकले सुदूरपश्चिममा सहुलियतपूर्ण कर्जा प्रवाह सन्तोषजनक देखिएको बताएको छ  । सर्वसाधारण यसबारे जानकार हुनु, कर्जाको शीर्षकमा भएको वृद्धि लगायत कारण सहुलियतपूर्ण कर्जा प्रवाह बढेको हुन सक्ने राष्ट्र बैंकको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि, कतिले बढ्यो ?

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज मसान्तमा पेट्रोलियम पदार्थको मुल्य १०४.८ प्रतिशतले वृद्धि भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा २०७७ असोज मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४१.३४ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७८ असोज मसान्तमा १०४.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ८४.६७ पुगेको राष्ट्र बैंकले जनाएको छ ।  त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७७ असोज मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १९०५.०५ रहेकोमा २०७८ असोज ...

गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मुल्यमा उच्च वृद्धि

काठमडौं। आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २४ अंकले बढ्दा गुहेश्वरी मर्चेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ। नेप्सेका अनुसार आज एउटा कम्पनीको मात्रै सेयर मूल्यमा उच्च वृद्धि आएको हो। यसबाहेक अन्य कुनै पनि कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छैन्। यस्तै, आज कुनै पनि कम्पनीको सेयर मूल्यमा उच्च गिरावट आएको छैन।

चार वटा कम्पनीको सेयर मूल्यमा ‘सर्किट ब्रेक’

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज १९ अंकले बढेको दिन आज चार वटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि आएको छ। नेप्सेका अनुसार ओरियन्टल होटल, गुडविल फाइनान्स, ग्रीन डेभलपमेन्ट र सिन्धु विकास बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट ब्रेक लागेको हो। यसमध्ये सबैभन्दा बढी ओरियन्टलको सेयर मूल्य बढेको छ।

चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज साताको अन्तिम दिन चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। मञ्जुश्री फाइनान्स र महिला लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ। यस्तै गुरास फाइनान्स र ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

सानिमा माई हाइड्रोसहित ११ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

जेठ १९, काठमाडौं । दुई दिन घटेर उकालो लागेको बुधवारको बजारमा सानिमा माई हाइड्रोपावरसहित ११ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।  बुधवार १ हजार ७७१ विन्दुसम्म झरेर उकालो लागेको बजार ४८ दशमलव ५५ अंक बढेर २ हजार ८१९ दशमलव ९२ विन्दुमा पुगेको छ ।  यो समाचार तयार पार्दाको समय २ : ३० बजेसम्ममा सानिमा माई हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको ९ दशमलव ९७ प्रतिशत, जानकी फाइनान्सको ९ दशमलव ९२ प्रतिशत, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको ९ दशमलव ८४ प्रतिशत, आइसीएफसी फाइनान्सको ९ दशमलव ८३ प्रतिशतले मूल्य बढेको छ ।  त्यसैगरी युनियन हाइड्रोपावरको ९ दशमलव ७३ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ९ दशमलव ५६ प्रतिशत, लुम्बिनी विकास बैंकको ९ दशमलव ४७ प्रतिशत, श्री इन्भेष्टमेण्ट फाइनान्सको ९ दशमलव २५ प्रतिशत, मञ्जुश्री फाइनान्सको ९ दशमलव २४ प्रतिशत र गोर्खाज फाइनान्सको ९ दशमलव शून्य ३ प्रतिशतले मूल्य बढेको छ ।

दोहोरो अंकले घटेको बजारमा ५ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

जेठ ५, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार १३ दशमलव शून्य ९ अंकले घटेको बजारमा पाँच  ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ ।  यो दिन समता घरेलु लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, रू रू जलविद्युतको ९ दशमलव ९६ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ९३ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ८२ प्रतिशत र कर्णाली डेभलपमेण्ट बैंकको ९ दशमलव ६२ प्रतिशत शेयरमूल्य बढेको हो । यसदिन समता घरेलु लघुवित्तको प्रतिकित्ता रू. १५५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ७०६, रूरू जलविद्युतको प्रतिकित्ता रू. १०६ ले बढेर अन्तिम मूल्य रू. १ हजार १७०, गोर्खाज फाइनान्सको प्रतिकित्ता रू. ५३ ले बढेर अन्तिम मूल्य रू. ५८७ कायम भएको छ । त्यसैगरी नेपाल फाइनान्सको प्रतिकित्ता रू. ३९ ले बढेर अन्तिम मूल्य रू. ४३६ र कर्णाली डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू.२३ ले बढेर अन्तिम मूल्य रू. २६२ कायम भएको हो ।

आधा दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

वैशाख ९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार आधा दर्जन कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । कारोबारमा आएका २०७ ओटा कम्पनी मध्ये सबैभन्दा बढी सिन्धु विकास बैंक र बिशाल बजार कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो ।  त्यसैगरी महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशत, ग्रीन डेभलपमेण्ट बैंकको ९ दशमलव ९५ प्रतिशत, ज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९ दशमलव ९३ प्रतिशत र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको शेयरमूल्य ९ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ ।  यी ६ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्यमा वृद्धि भएको हो । बिशाल बजार कम्पनीको हकमा कम्पनीको शेयर कारोबार तीन महीनादेखि रोक्का रहेको थियो । तीन महीना पछि शेयर कारोबार खुला हुँदा लगानीकर्ताको आर्कषण बढेको हो ।  बिशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३ हजार १६८ पुगेको छ । त्यसैगरी सिन्धु विकास बैंकको शेयरमूल्य प्रतिकित्ता रू.२८६, महिला लघुवित्तको शेयर मूल्य रू. १ हजार ९४२, ग्रीन डेभलपमेण्ट बैंकको रू. २३२, ज्योति लाइफ इन्स्योरेन्सको रू. ९०८ र एनसीसी बैंकको रू. ३४६ पुगेको हो ।