इजरायल हमास युद्ध अन्त्य गर्न कतार र इजिप्टका मध्यस्थकर्ताहरूले नयाँ योजना प्रस्ताव गरेका छन् । एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएको जानकारी अनुसार यस प्रस्तावमा पाँचदेखि सात वर्षसम्म युद्धविराम रहने उल्लेख छ । इजरायली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको सट्टामा सबै इजरायली बन्दीहरू रिहा गरिने, युद्धको औपचारिक अन्त्य गरिने, र इजरायले गाजाबाट पूर्ण रूपमा फिर्ता हुने योजना […]
संस्कृतिभित्रको राजनीति सभ्यताको सूचक पनि हो। देउवाको संस्कृतिसँगैको राजनीति चुलिएकै कारण सुदूरपश्चिमका दुइटा ठुला सांस्कृतिक पर्व विसु र गौराका बेला निरन्तर उपस्थित भएर संस्कृतिकर्मीमाझ देउडा खेल्नुभएको हो।
काठमाडौं – पोप फ्रान्सिसको निधनले संसारका धेरै देशका निर्धारित कार्यक्रम प्रभावित भएका छन्। अस्ट्रेलियामा ३ मेमा हुने निर्वाचनका लागि मंगलबार नै अर्ली भोटिङ सुरु भइसकेको छ। मतदान सुरु भए पनि प्रधानमन्त्री एन्थोनी अल्बानेज र विपक्षी नेता पिटर डटनले चुनावी अभियान स्थगित गरेका छन्। साँझमा टेलिभिजनमा हुने बहस कार्यक्रम भने रोकिने छैन। अस्ट्रेलियाको कुल जनसंख्याको २० […]
कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिएका छन् । प्रदेश सरकारको सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति समीक्षा कार्यक्रममा उनले मन्त्री तथा सचिवलाई उक्त निर्देशन दिएका हुन् । बजेट कार्यान्वयनमा बाँकी अवधि महत्वपूर्ण हुने भएकाले यसमा गति बढाउन सकेमात्र प्रदेश सरकारको खर्च प्रगतिमा सुधार […]