दोहोरो अंकले घटेको बजारमा ५ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि

जेठ ५, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार १३ दशमलव शून्य ९ अंकले घटेको बजारमा पाँच  ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा बढेको छ ।  यो दिन समता घरेलु लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, रू रू जलविद्युतको ९ दशमलव ९६ प्रतिशत, गोर्खाज फाइनान्सको ९ दशमलव ९३ प्रतिशत, नेपाल फाइनान्सको ९ दशमलव ८२ प्रतिशत र कर्णाली डेभलपमेण्ट बैंकको ९ दशमलव ६२ प्रतिशत शेयरमूल्य बढेको हो । यसदिन समता घरेलु लघुवित्तको प्रतिकित्ता रू. १५५ ले बढेर अन्तिम मूल्य रू. १ हजार ७०६, रूरू जलविद्युतको प्रतिकित्ता रू. १०६ ले बढेर अन्तिम मूल्य रू. १ हजार १७०, गोर्खाज फाइनान्सको प्रतिकित्ता रू. ५३ ले बढेर अन्तिम मूल्य रू. ५८७ कायम भएको छ । त्यसैगरी नेपाल फाइनान्सको प्रतिकित्ता रू. ३९ ले बढेर अन्तिम मूल्य रू. ४३६ र कर्णाली डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू.२३ ले बढेर अन्तिम मूल्य रू. २६२ कायम भएको हो ।  

सम्बन्धित सामग्री

सेयर बजार घट्दा माइक्रोफाइनान्स समूहमा उच्च वृद्धि

२० चैत, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । अघिल्लो दिनको तुलनामा १.८५ अंक घटेसँगै नेप्से परिसूचक २०१० मा कायम भएको छ । कुल २ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । यसअघि हिजो २ अर्ब ७९ करोडको कारोबार भएको थियो । १०९ कम्पनीको मूल्य बढ्दा १२७ को घट्यो […]

साताको सेयर समीक्षा : घट्न मानेन बजार, अन्य समूहमा उच्च वृद्धि

२७ पुस, काठमाडौं । अघिल्ला दुई सातासम्म घटेको बजार यो साता भने बढेको छ । ‘करेक्सन’को रुपमा गत साता (१५–२० पुस) ०.९६ प्रतिशत र अघिल्लो साता (८–१३ पुस) १. ९४ प्रतिशतले बजार घटेको थियो । करेक्सनस्वरुप बजारको गिरावट केही बढ्न सक्ने अनुमानका बीच यो साता भने बजार बढेर बन्द भएको छ । यो साता सेयर […]

शेयर बजारमा ४१ अंकको गिरावट, कारोबार ५ अर्बमाथी

काठमाडौं, माघ २३ । शेयर बजार आइतबार दोहोरो अंकले घटेको । आइतबार नेप्से ४१.५५ अंकले घटेर २ हजार ८ सय ३५.१९ विन्दुमा रोकिएको हो । त्यस्तै, आइतबार नेप्से सूचकांक र कारोबार दुबै घटेका छन् । नेप्सेका अनुसार आइतबार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल हाइड्रो कम्पनी रहेको […]

शेयर बजारमा उत्साहजनक वृद्धि, यी कम्पनीहरूको मूल्यमा उच्च वृद्धि

साताको पहिलो दिन (आइतवार) शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ । आइतवार शेयर बजार मापक नेप्से परिसूचक ७३.०५ अंकले बढ्दै २७६५.५१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन ठूला कम्पनीका शेयर मापक सेन्सेटिभ परिसूचक १३.२१ अंकले बढ्दै ५१९.३७ विन्दुमा पुगेको छ । आइतवार कारोबारमा आएका कम्पनीहरूमध्ये १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै १ कम्पनीको शेयर मूल्य स्थिर छ । आइतवार कुल २ सय ३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख ३१ हज...

सुन आयातमा उच्च वृद्धि

काठमाडौं । पछिल्लो समय नेपालमा सुनको आयातमा उच्च वृद्धि देखिएको छ । उच्च मूल्यवृद्धि र कोरोना महामारीका कारण पछिल्लो २ आर्थिक वर्षमा सुनको आयात घटेको थियो । तर, चालू आवमा सामान्य अवस्थामा भन्दा पनि बढी सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ३ महीना ११ अर्ब ७ करोड २८ लाख रुपैयाँको सुन आयात भएको छ । जुन गत आव २०७७/७८ को सोही अवधिको तुलनामा ४७ गुणा बढी हो । साथै, यो सामान्य अवस्थाको भन्दा पनि बढी हो । गत आवको पहिलो त्रैमासमा ७३ करोड ७० लाख रुपैयाँको सुनको आयात भएको थियो । गत आवमा कोरोना महामारीका कारण यसको व्यवसाय प्रभावित हुँदा आयातमा घटेको थियो । अघिल्लो आव २०७६/७७ को सोही अवधिमा भने मूल्य बढ्दा यसको आयातमा घटेको थियो । तर, चालू आवको समीक्षा अवधिमा सुनको आयात ह्वात्तै बढेको छ । नेपालमा सामान्य अवस्थामा एउटा त्रैमासमा ७/८ अर्ब रुपैयाँको हाराहारीमा सुन आयात हुने गर्छ । तर, यसपटक भने ११ अर्ब रुपैयाँ भन्दा बढीको सुन आयात भएको छ । यसपाली चाडपर्वमा बढी चहलपहल हुँदा सुनको आयात बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य बताउँछन् । ‘पछिल्लो २ आर्थिक वर्षमा मूल्य वृद्धि र कोरोना महामारीका कारण सुनको व्यवसाय प्रभावित भयो । तर, अहिले कोरोना महामारी साम्य हुँदै गएको छ भने मूल्य पनि केही कम भएको छ,’ उनले भने, ‘त्यसमाथि यसपालि तीज, दशैं तथा तिहारमा चहल पहल बढ्यो र आम ग्राहकले गरगहना किन्न थाले । यसरी बजारमा माग बढेका कारण आयात पनि बढ्न गएको हो ।’ अमेरिका र चीनको व्यापार युद्धका कारण २०७६ को साउनदेखि नै सुनको मूल्य बढ्न गयो । मूल्य बढेपछि सुनको गरगहनाको व्यापार स्वतः प्रभावित भएको थियो । त्यसपछि २०७६ को अन्त्य तिरबाट नै विश्वभर नै कोरोना भाइरसको संक्रमण पेलियो । त्यसलाई नियन्त्रण गर्न नेपालमा बन्दाबन्दी गर्दा सुनको व्यापार हुन सकेन । त्यसमाथि कोरोना महामारीकै कारण सुनको मूल्य थप बढ्न गयो । यस बीचमा सुनको मूल्य बढेर प्रतितोला १ लाख रुपैयाँभन्दा माथि पुगेको थियो ।

चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६ अंकले घटेको दिन चार वटा कम्पनीको सेयर मूल्य उच्च मूल्यले बढेको छ। आज नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त वित्तीय संस्था र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य उच्च मूल्यले बढेको हो। जसमध्ये युनियन लाइफको ९ प्रतिशतले बढेको छ भने बाँकी तीन वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

तीन दर्जन कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

काठमाडौं। आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७९ अंकले बढ्दा करिब तीन दर्जन कम्पनीको सेयर मूल्य बढेको छ। आज एकै दिन ३३ वटा कम्पनीको सेयर मूल्यमा उत्साहजनक वृद्धि आएको हो। ती सबै कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लाग्ने गरी ९ प्रतिशतभन्दा बढीको वृद्धि आएको छ। आज बजार बढेको दिन जम्मा १४ वटा कम्पनीको सेयर मूल्य सामान्य अंकले घटेको छ।

बेलायती अर्थतन्त्रमा एक वर्षयताकै उच्च वृद्धि

जेठ २९, लन्डन (बेलायत) । यस वर्षको अप्रिलमा बेलायतको अर्थतन्त्र २ दशमलव ३ प्रतिशतले बढेको छ ।  यो गत वर्षको जुलाईयताकै उच्च वृद्धि हो । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न लगाइएको प्रतिबन्ध खुकुलो बनाइएसँगै अत्यावश्यक बाहेक अन्य पसलहरु पुनः खुल्न थालेपछि उपभोक्ताहरुले थप खर्च गर्न थालेका छन् ।  राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अप्रिलमा पब, क्याफे र रेष्टुराँहरुमा पनि थप खर्च भएका छन् । अप्रिलमा अर्थतन्त्रको आकार बढेको भएपनि यो महामारी पूर्वको उच्च विन्दुभन्दा अझै ३ दशमलव ७ प्रतिशत सानो छ ।  अप्रिलमा निर्माण कार्य घटेको भएपनि यो महामारी पूर्वको स्तरभन्दा माथि रहेको छ । एजेन्सी