जेठ १९, काठमाडौं । दुई दिन घटेर उकालो लागेको बुधवारको बजारमा सानिमा माई हाइड्रोपावरसहित ११ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
बुधवार १ हजार ७७१ विन्दुसम्म झरेर उकालो लागेको बजार ४८ दशमलव ५५ अंक बढेर २ हजार ८१९ दशमलव ९२ विन्दुमा पुगेको छ ।
यो समाचार तयार पार्दाको समय २ : ३० बजेसम्ममा सानिमा माई हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने समृद्धि फाइनान्सको ९ दशमलव ९७ प्रतिशत, जानकी फाइनान्सको ९ दशमलव ९२ प्रतिशत, गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सको ९ दशमलव ८४ प्रतिशत, आइसीएफसी फाइनान्सको ९ दशमलव ८३ प्रतिशतले मूल्य बढेको छ ।
त्यसैगरी युनियन हाइड्रोपावरको ९ दशमलव ७३ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ९ दशमलव ५६ प्रतिशत, लुम्बिनी विकास बैंकको ९ दशमलव ४७ प्रतिशत, श्री इन्भेष्टमेण्ट फाइनान्सको ९ दशमलव २५ प्रतिशत, मञ्जुश्री फाइनान्सको ९ दशमलव २४ प्रतिशत र गोर्खाज फाइनान्सको ९ दशमलव शून्य ३ प्रतिशतले मूल्य बढेको छ ।