बागलुङ : जिल्लामा वैशाख २५ देखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ। पठनपाठन सुरु भएको दुई साता बित्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्। रुद्रेपिपल माध्यमिक विद्यालय बागलुङमा कक्षा १० मा अध्ययनरत छात्रा योजना थापा मगर पढाइ सुरु भए पनि किताब नपाउँदा समस्या भएको बताउँछिन्। ‘पढाइ सुरु भएको दुई हप्ता भयो। अहिलेसम्म किताब पाएका छैनौँ। किताब नहुँदा घरमा पढ्ने अवस्था भएन,’ थापाले भनिन् ‘कक्षामा पनि पुराना किताब साथीहरूसँग मिलेर पढ्नुपर्ने अव