धनकुटा : नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षालाई मौलिक हक भनेर व्यवस्था गरेको छ। तर शैक्षिक सत्र शुरु भएको ४ महिना बित्दासमेत धनकुटाका जिल्लाभरिका विद्यार्थीहरूले नयाँ पाठ्यपुस्तक पाउन सकेका छैनन्।यस वर्षको शैक्षिक सत्र जेठ १ गते शुरु भए पनि यहाँका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन्। जिल्लाको साँगुरीगढी गाउँपालिका-७ महाभारतमा रहेको गोलखाडी माविका विद्यार्थीले अझैसम्म पनि नयाँ पुस्तक पाएको गुनासो गरेका छन्।गोलखाडी माविको कक्षा ८ मा अध्य