काठमाडौं महानगरपालिकाले बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनःस्थापना कार्यका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगरपालिकाका प्रमुख एवं महानगर विपद् व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको बैठकले सोलुखुम्बुको खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो...