टोखाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने

टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमवार बसेको ७०औं नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो । नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्‍याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत २० लाख राहतको घोषणा गरेको जानकारी दिए । ‘मेलम्ची नै काठमाडौं उपत्यकाको पानीक...

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकका बाढी प्रभावित ३ ओटा स्थानीय तहलाई ६६ लाख ८९ हजार सहयोग

साउन ११, सिन्धुपाल्चोकको बाढी प्रभावित ३ ओटा स्थानीय तहलाई ६६ लाख ८९ हजार ९९७ रुपैयाँ सहयोग गरिएको छ । गएको असार १ गतेको हेलम्बु–मेलम्ची पहिरोबाट प्रभावित मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई सो रकम प्रदान गरिएको छ । सोमवार नेकपा माओवादी केन्द्र, वाग्मती प्रदेश कमिटिले बाढी प्रभावित क्षेत्रका लागि राहत रकम उपलब्ध गराएको हो ।  बाढीबाट सर्वाधिक क्षति बेहोरेको हेलम्बु गाउँपालिकालाई २३ लाख २९ हजार ९९९ रुपैयाँ, मेलम्ची नगरपालिकालाई २३ लाख २९ हजार ९९९ रुपैयाँ र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २० लाख २९ हजार ९९९ रुपैयाँ प्रदान गरिएको वाग्मती प्रदेशका सांसद एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालले जानकारी दिए । माओवादी केन्द्रको समन्वयमा वाग्मती प्रदेशमा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तहबाट सहयोग संकलन गरेर हस्तान्तरण गरिएको दुलालले बताए । वाग्मती प्रदेशभरीबाट संकलित रकम ३ ओटै स्थानीय तहलाई उपलब्ध गराइएको हो ।  माओवादी केन्द्रका बागमती प्रदेश कमिटी अध्यक्ष नारायण दाहालले  मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याल र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामालाई सहयोग रकम हस्तान्तरण पत्र प्रदान गरेका थिए । त्यस्तै, हेलम्बु गाउँपालिका अध्यक्षको उपस्थिति हुन नसकेपछि गाउँपालिका प्रतिनिधिलाई रकम हस्तान्तरण पत्र प्रदान गरिएको थियो ।  मेलम्ची नगरपालिकाको कार्यालयमा भएको हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अझै अन्य सहयोग गर्नका लागि आफूहरु तयार रहेको बताए । ‘मेलम्ची तथा हेलम्बुका बाढी पीडितको दैनिकी सहजीकरणका लागि हामीले माथिल्लो निकायमा अनुरोध गरेका छौं’, दाहालले भने ‘अर्थ मन्त्रालयमा हामीले बेलिब्रिज निर्माणको लागि अनुरोध ग¥यौं ।  अब तत्काल मेलम्ची र हेलम्बुका दुई स्थानमा पुल निर्माण शुरु हुन्छ ।’ उनका अनुसार बेलिब्रिज निर्माणका लागि अर्थ मन्त्रालयले काम अघि बढाइसकेको छ । सहयोग ग्रहण गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले माओवादी केन्द्रको सहयोगबाट बाढी पीडितको उद्दार तथा पुर्नस्थापनाका लागि महत्वपूर्ण सहयोग मिलेको बताए । ‘हामीलाई यहाँहरुले गर्नुभएको सहयोगले धेरथोर भएपनि राहत महसुस भएको छ’, अर्यालले भने ‘यसरी हामीलाई यो संकटमा सहयोग गर्नुभएकोमा हाम्रो पालिका आभार व्यक्त गर्दछ ।’ सहयोग हस्तान्तरण कार्य पूर्वसांसद तथा माओवादी नेता हितमान शाक्य, हितबहादुर तामाङ, माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा, मेलम्ची खानेपानीका बोर्ड सदस्य चन्द्रबहादुर थापा लगायतको उपस्थिति थियो ।

माओवादीले दियो बाढी प्रभावित तीन स्थानीय तहलाई करिब ६७ लाख रुपैयाँ

काठमाडौं। नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशले सिन्धुपाल्चोकका तीन स्थानीय तहलाई ६६ लाख ८९ हजार ९९७ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ। हेलम्बु र मेलम्ची प्रत्येकलाई २३ लाख २९ हजार ९९९ रुपैयाँ र पाँचपोखरी थाङपाललाई २० लाख २९ हजार ९९९ रुपैयाँ दिएको हो। प्रदेशभित्र पार्टीले नेतृत्व गरेका स्थानीय तहबाट सङ्कलित रकम मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

पोखरा महानगरले हेलम्बु र मेलम्चीलाई १०/१० लाख सहयोग गर्ने

१० असार, पोखरा । पोखरा महानगरपालिकाले बाढी र पहिरोबाट प्रभावित सिन्धुपाल्चोकका दुई स्थानीय तहलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बिहीबार आगामी वर्षको बजेट सार्वजनिक गर्दै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका …

मेलम्ची र हेलम्बुलाई टोखा नगरपालिकाले २० लाख सहयोग गर्ने

काठमाडौ : टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढीपीडितलाई २० लाख सहयोग गर्ने भएको छ। सोमबार बसेको ७० औँ नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो।असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको नगरपालिकाका उपप्रमुख ज्ञान माया डङ्गोलले जानकारी दिइन्।सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्‍याएको क्षति तथा उद्दारका लागि टोखाले २० लाख राहतको घोषणा गरेको उनले बताइन्। ‘मेलम्ची नै काठमाडौं उपत्यकाको पानीको प्रमुख स्रोत भएको र सो

टोखा नगरपालिकाद्वारा मेलम्ची र हेलम्बुका बाढी पीडितलाई २० लाख सहयोग

टोखा नगरपालिकाले मेलम्ची र हेलम्बुका बाढी पीडितलाई रु २० लाख सहयोग गर्ने भएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको सो नगरपालिकाको सोमबार बसेको ७० औँ नगर कार्यपालिकाको बैठकले असार २ गते राति गएको बाढी तथा पहिरोबाट पीडित जनतालाई राहत र उद्दारका लागि उक्त सहयोग गर्ने निर्णय गरेको हो ।नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले सिन्धुपाल्चोकमा बाढी र पहिरोले पुर्याएको क्षति तथा उद्दारका लागि टोखाले कार्यपालिकाको बैठकमार्फत रु २० लाख राहतको घोषणा गरेको जानकारी दिइन् । “मेलम्ची नै काठमाडौँ उपत्यकाक

मेलम्चीको बाढी पीडितका लागि २ करोड ३१ लाख सहयोग

असार ३, सिन्धुपाल्चोक । मेलम्ची बाढी पीडितहरूको लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । बिहीबार साँझसम्म २ करोड ३१ लाख सहयोग प्राप्त भएको छ । ‘अहिलेसम्म २ करोड ३१ लाख रकम सहयोगको बचनबद्धता प्राप्त भएको छ’, मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले भने– ‘केहि रकम आईनै सकेको छ ।’ सबैभन्दा बढी रकम काठमाडौं महानगरपालिकाले सहयोग गर्ने जनाएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्चीका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यो रकम बाढी प्रभावितको राहत तथा उद्दारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् । ‘हामीलाई काठमाण्डौ महानगरपालिकाले २ करोड सहयोग गर्ने पत्र पठाएको छ’, मेलम्ची नगरपालिकाका प्रमुख अर्यालले भने– ‘चौतारा साँगाचोकगढी नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाले पनि सहयोगको वचन दिएका छन् ।’ कागेश्वरी मनोहरा नगरपालिकाले पनि मेलम्चीका बाढीपीडितका २० लाख रुपैंया सहयोग गर्ने जनाएको छ । ‘आपत विपद्मा सहयोग गर्नु हामी सबैको दायित्व हो’, नगर प्रमुख कृष्णहरि थापाले भने– ‘मेलम्ची बाढी पहिरोबाट विस्तापितलाई सहयोग पुगोस् भनेर तुरुन्त यो निर्णय गरोका हौं ।’ उनका अनुसार एक दुई दिनमै सो रकम हस्तान्तरण गरिने तयारी गरिएको छ ।  चौतारा साँगाचोकगढी नगरपालिकाले ६ लाख सहगोग गर्ने जनाएको छ । नगर बिहीबार बसेको नगर विपद ब्यवस्थापन समितिको बैठकले नगरपालिकाले बाढीबाट प्रभावित हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकालाई ६ लाख सहयोग गर्ने निर्णय गरेको हो । ‘हाम्रो जिल्लामा यत्ति ठूलो विपद् पर्दा सो क्षेत्रका स्थानीयलाई केहि मात्रामा भएपनि सहयोग मिलोस् भनेर हामीले ६ लाख रुपैंया प्रदान गर्ने निर्णय गरेका हौं’, चौतारा साँगाचाकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले भने । त्यस्तै गोकर्णेश्वर नगरपालिकाले ५ लाख सहयोग गर्ने जनाएको छ । विपत्तमा परेकाहरूलाई राहत उपलब्ध गराउन नगरपालिकाको तर्फबाट ५ लाख सहयोगको घोषणा गरिएको गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले बताए । ‘हाम्रो छिमेकी जिल्ला सिन्धुपाल्चोक यतिबेला बाढी र पहिरोको चपेटोमा परेको छ । सयौं जनता विस्थापित बन्न पुगेको खबर पाएका छौं’, चालिसेले भने– ‘यस्तो दुःखद घडीमा राहत स्वरुप ५ लाख उपलब्ध गराउने निर्णय गरेका छौं ।’ बाढी पीडितहरूलाई विभिन्न संघ संस्थाले खाद्यान्न, त्रिपाल, लत्ताकपडा सहयोग गरिरहेका छन् । ‘हामीले प्राप्त सहयोगलाई एकद्वार प्रणालीमार्फत पीडितलाई वितरण गरिरहेका छौं’, मेलम्ची विपद् समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले भने– ‘हामीले राहत प्रदान गर्ने संघ संस्थालाई पनि एकद्वार प्रणालीमार्फत दिन आह्वान गरेका छौं ।’   मंगलबार साँझ मेलम्ची नदीमा आएको बाढीका कारण तीन जनाको मृत्यु भईसकेको छ भने १७ जना सम्पर्कविहीन भएका छन् । मृत्यु हुनेमा मेलम्ची खानेपानी आयोजनामा काम गर्ने दुई जना चिनियाँ र एक जना भारतीय नागरिक छन् । चिनियाँ नागरिक गोङ टियान छिगोको शव इन्द्रावती ११ मा फेला परेको हो भने अर्का चिनियाँ नागरिक यु चि झुको सिन्धुली जिल्ला, सुनकोशी ५ मा शव फेला परेको हो । त्यस्तै, भारतीय नागरिक कमललोचन महतोको सिन्धुली जिल्लाकै सुनकोशी– ७ को सुनकोशी नदी किनारमा शव फेला परेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताए । बाढीले विभिन्न स्थानमा गरी ९ वटा पुल बगाएको छ । हेलम्बु गाँउपालिकाको वडा नं. १ र ६, २ र ६, चिउरीखर्क र वडा नं. १ को १–१ वटा गरी ४ वटा र मेलम्ची नगरपालिकाको तिपेनी जाने १ वटा सहित ५ वटा झोलुङ्गे पुल बगाएको छ । त्यस्तै, हेलम्बु गाउँपालिकाकै तिम्बु, हल्दे र नाकोतेको १÷१ वटा र मेलम्ची नगरपालिकाको १० र ११ जोड्ने पक्की पुलसमेत बगाएको छ ।