दशैँको अवसरमा घुम्न जानेका लागि रामेछाप उत्कृष्ठ गन्तव्य हो । रामेछापको उत्तर पूर्वी भू–भाग र उच्च पर्वतीय क्षेत्र घुमफिरका अति उत्तम गन्तव्य हुन् । जिल्ला सदरमुकाम मन्थलीबाट छुटेपछि हरेक घुम्ती तथा मोडहरु आन्तरिक घुमघामका लागि योग्य क्षेत्र मानिन्छन् ।रामेछापबासीका लागि मात्रै नभई, तराईका जिल्लाबाट समेत पर्वतीय पर्यटनको अनुभवका लागि रामेछाप नजिकको गन्तव्य हो । उच्च पहाडी भू–भाग, सुन्दर प्रकृति, प्रकृतिका काखमा रहेका धार्मिक तीर्थ स्थल, कुण्ड तथा पोखरीहरु घुमघामका उत्कृष्ठ स्थलहरु हुन् ।सैलुङसैलुङ रामेछाप र दोलखाको सिमानामा अवस्थित छ । यो नेपालको पूर्वतिरको पहाडी भू–भाग हो । सैलुङको अर्थ सय लुङ ९लुङ भनेको पहाडका टाकुरा० हो । सैलुङमा समुद्री सतहदेखी ३ हजार १ सय ४५ मिटर उचाईका १०८ वटाभन्दा धेरै थुम्काहरु छन् ।सिन्धुलीको झाँगाझोली रातमाटाबाट सुनकोसी नदी तरेपछि रामेछापको खाँडादेवी गाउँपालिका प्रवेश गरिन्छ । सित्खाबाट गाल्वाहुँदै दोरम्बा पुगेपछि डडुवा, च्छोयलिङ् गुम्बा, खोला खर्क र त्यसपछि थोरै उकालो हिडेपछि सैलुङ पुगिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट गाल्वा हुँदै सैलुङ जान सकिन्छ ।काठमाडौंबाट ६० किलोमिटर हिडेपछि वीपी राजमार्गको छेवैमा दुम्जाको कुशेश्वर महादेव मन्दिरमा पुगिन्छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने कुशेश्वर महादेवको दर्शन गरेपछि रामेछापको खाँडादेवी र अग्लेश्वरीको हुँदै राजभिर पुगिन्छ । राजभिरमा तत्कालीन राजा वीरेन्द्रका मित, भूटानी लामाले बनाएको ऐतिहाँसिक च्छोयलिङ गुम्बा छ । त्यसपछि ठूलो सैलुङ महादेव, रामेछापको गौश्वारामा पर्ने सैलुङेश्वर महादेवको गुफा पनि घुम्न सकिन्छ ।हिन्दुहरु सैलुङ क्षेत्रलाई भगवान शिवको तपोभूमिको रुपमा लिन्छन् भने बौद्धधर्मालम्बीहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् । मनास्लु, जुगल, लाङटाङ हिमाल प्रष्ट देखिने सैलुङबाट गौरिशंकर, नुम्बुर हिमाल र मकालु हिमाल पनि देख्न सकिन्छ । दोलखा जिल्लामा पर्ने कालिञ्चोक, चेरलुङ, रामेछापको तामेडाँडा, सालुखुम्बुको पिके र ओखलढुङ्गाको थोलेदेम्बा लगायतका उच्च पर्वतहरु सैलुङ डाँडाबाट मज्जाले देख्न पाईन्छ । दक्षिणमा महाभारत पर्वत श्रृङ्खला, चुरे पर्वत श्रृङ्खला पनि देखिन्छ ।सैलुङको आलु निकै प्रख्यात छ । द्धन्द्ध पर्यटनको राजधानीकै रुपमा विकास हुँदै गरेको दोरम्बा पनि सैलुङमै पर्छ । त्यसैले पनि यो गन्तव्य मानिसहरुका लागि दशैँमा घुमफिरको महत्वपूर्ण गन्तव्य बन्न सक्छ ।पाँचपोखरी/जटापोखरीदोलखा हुँदै रामेछाप र त्यसपछि रामेछाप र सिन्धुलीको सिमाना खुर्कोटमा आएर सुनकोशी नदीमा मिसिएर बग्ने तामाकोशी नदीको सहायक नदी खिम्ति खोलो हो । यही खिम्ती खोलाको शिरमा अवस्थित पाँच पोखरी र जटापोखरी प्राकृतिक र धार्मिक पर्यटनका उत्कृष्ट गन्तव्य हुन् ।रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर १ मा पर्ने जटापोखरी पुग्न साविकको चुचुरे गाविसको गर्जाङ्बाट पैदल यात्रा सुरु हुन्छ । रस्नालुबाट नै हिमाली हावापानीको स्वाद पाईने हुँदा शरीर त्यसै त्यसै फुरुङ्ग हुन्छ । सायद जडिबुटी मिसिएको हावा खान पाएर होला ।ठोसेबाट खिम्ती खोलाको किनारै किनार बसमा हिडेपछि चुचुरेको गर्जाङ् पगिन्छ । बाफ रे १ उच्च पहाडमा यति ठूलो फाँट रु त्यहाँ पुग्दा जो कसैले पनि गर्ने प्रश्न यही हो ।कुनै समय यो फाँटामा सरकारले गाई फार्म सञ्चालन गरेको थियो । तर द्धन्द्धको बेलामा उक्त गाई फार्ममा आगो लगाईएको रहेछ । त्यहाँ पुगेर कुरा गर्दा बुढापाकाहरु ती दिन सम्झिन्छन् । गाई फार्म रहेका बेला यो क्षेत्र निकै रमाइलो लाग्थ्यो रे । माउ गाईका पछिपछि दगुर्ने बाच्छा बाच्छीहरु हेरेरै मानिसहरु रमाउने गर्थे रे । तर द्धन्द्धको बेलामा फार्ममा आगो लगाएर भएभरका सबै गाईहरुलाई कुट्दै लखेटिएछ ।गर्जाङमा पुगेर विश्राम गरेपछि ठाडै उकालो यात्रा सुरु हुन्छ, जटापोखरी पुग्न । गर्जाङ्बाट दुई घण्टा पैदल हिडेपछि चुचुरेको खहरे पुगिन्छ । खहरे जटापोखरी–पाँचपोखरी जाने बाटामा पर्ने मानवबस्ती भएको अन्तिम गाउँ हो ।उचाईका हिसाबले उच्च भू–भागमा रहेकाले लेकमा हिड्ने बानी नभएकाहरुलाई लेक लाग्ने सम्भावना पनि रहन्छ । त्यसैले यस मार्गमा पैदलयात्रा गर्नेले मकैको सातु, लसुनको पोटी र अकबरे खुर्सानी साथमै बोक्नुपर्छ । सातु र लसुनले लेक लाग्न दिँदैन भने खुर्सानीले शरीरलाई तातो बनाईरहन्छ ।गर्जाङबाट ६ घण्टा उकालो चढेपछि मानेडाँडा पुगिन्छ । डाँडामा रहेका माने, खुल्ला चौर, चिसो मौसम र तलतिर हेर्दा बादलु थुम्का र पहाडी थुम्काबीचको लुकामारीले थकान सबै मेटिन्छ । शेर्पा दाजुभाई र दिदीहरुले त्यहाँ बनाएका चौंरी गोठमा आगो ताप्दै चिज र छुर्पी खानुको मजा पनि बेग्लै हुन्छ ।पुगियो जटापोखरी !मानेडाँडाबाट २ घण्टाको दुरीमा जटापोखरी अवस्थित छ । मानेडाँडाँबाट विस्तार विस्तार २ घण्टा हिडेपछि जटापोखरी पुगिन्छ । ४ हजार २५० मिटरको उचाईमा रहेको नरिवलको जटाको आकारमा रहेको जटापोखरीमा वर्षमा ६ महिना भन्दा बढी पानी जम्छ । चैतदेखि भदौसम्म मात्रै पग्लन्छ । त्यसैले यसलाई हिमनदी पनि भनिन्छ ।जटापोखरीबाट ३५५ मिटर मात्रै सिधा माथि छ पाँच पोखरी । एउटै पोखरीका बिचबिचमा प्राकृतिक रुपमा उठेका बाध ९ढिस्कारथुम्का० ले पोखरीलाई ५ वटा कुण्ड बनाईदिएका छन् । स–साना ५ वटा कुण्ड भएकाले यसलाई पाँचपोखरी भनिएको हो । यही पाँच पोखरीबाट निस्किएको पानी जटापोखरीमा झर्छ । जटापोखरीबाट पानी बाहिर निस्केपछि बनेको खोला नै खिम्ती खोला हो ।रामेछापका उच्च थुम्कीहरु बौद्ध र हिन्दु धर्मका संगमस्थल नै मानिन्छन् । पाँचपोखरी जटापोखरीलाई हिन्दु र बौद्धमार्गीहरुको संगमस्थल मानिन्छ ।दशैँमा छोटो छुट्टि भएकाहरुले पनि यो क्षेत्रको पदमार्ग सकेर फर्किन सक्छन् ।