पोहोर कोरोना थियो, दशैँ थिएन । अहिले कोरोना पनि छ र दशैँ पनि । तर खै के, खै के जस्तो भइरहेको छ । पोहोर दशैँ नभएकाले किनमेल गर्न र हिँड्न परेन, ढुक्कै थियो । यसपालि पोहोरजस्तै दशैँ नमनाउनको लागि कोरोनाले साथ दिएन । दशैँ मनाउनै पर्यो । कताको नुनतेल, कताको लुगाफाटा, कताको पैसा ? त्यसमाथि महँगी बढेर कुनै सामान छोइ सक्नु छैन। सम्झँदैमा निधारमा चिटचिट पसिना आयो । के गरौँ, कसो गरौँ, कसरी टारौँ कसरी पुर्याउँ भनेर छटपटी भयो । तर उतिखेरै थाहा भयो–हामी जस्ता मान्छेलाई दशैँ मनाइदिन सरकारदेखि व्यवसायीस...