परापूर्व कालदेखि नै दशैँ शरद ऋतुमा मनाउने चलन रहिआएको छ । प्राचीन कालमा शासकहरुले दशैँको दिन दुर्गाको आराधना र पूजापाठ गरेर आफ्नाे विजयी यात्रा प्रारम्भ गर्ने गरेको उल्लेख गरिएको पाइन्छ। नेपालको परिप्रेक्ष्यमा रहेर कुरा गर्दा लिच्छवीकालदेखि नै दशैँ मनाइने गरेको अभिलेखहरुमा पाउन सकिन्छ । आज भन्दा साढे छ सय वर्ष अगाडि पृथ्वीराज मल्लको पालामा लेखिएको गोपालराज वंशावलीमा दशैँ मनाइने गरेको उल्लेख गरिएको छ । यो कुरा हामीले दाबी गरेर भन्न सकिने कुरा हो।हामीले असोजमा बडा दशैँ मनाउँछौँ र चैतमा चैते दशैँ । तर प्राचीनकालम...