एफपीओ निष्कासन गर्ने तयारीमा रहेको किसान लघुवित्तको नाफामा उल्लेख्य वृद्धि

भदौ १, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।  उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा उल्लेख्य मात्रामा वृद्धि भएको हो ।  कम्पनीले अघिल्लो आवमा रू. ७६ लाख १३ हजार नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू. १४ करोड ९० लाख ६६ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ३१३ प्रतिशत, सञ्चालन नाफा ९२९ प्रतिशत र रू. ६  करोड ४१ लाख ६४ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्नमा टेवा पुगेको हो ।  कम्पनीको चुक्तापूँजी रू. ३९ करोड २८ लाख रहेको छ भने जगेडामा रू. २४ करोड २५ लाख ९२ हजार सञ्चित गरेको हो । कम्पनीले एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । एफपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्नका लागि असार २९ गते निवेदन दिएको हो ।  कम्पनीले प्रतिकित्ता रू. १२५ मा रू. १६ करोड २२ लाख ८२ हजार ४३६ दशमलव २५ बराबरको एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । एफपीओ निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड २६ लाख पुग्नेछ । कम्पनीले सूचीकृत नभएका कम्पनीले गाभे पश्चात शेयर संरचना  मिलाउनका लागि एफपीओ निष्कासन गर्न लागेको हो ।  एनआरएन लघुवित्त वित्तीय संस्थाले दिव्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपश्चात एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु भएको हो । पछि राष्ट्र बैंकको निर्देशन अनुसार कम्पनीकोे नाम परिवर्तन भई किसान लघुवित्त वित्तीय संस्था रहेको हो ।  कम्पनीले निष्कासन गर्ने एफपीओलाई केयर रेटिङ नेपालले बीबी माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा मध्यम जोखिम रहेको संकेत गर्दछ । त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ९५, मूल्य आम्दानी अनुपात ४५ दशमलव ८५ र प्रतिशेयर नेटवर्थ रू. १६१ दशमलव ७९ रहेको छ ।                                                              स्रोत : कम्पनीद्वारा प्रकाशित वित्तीय विवरण 

सम्बन्धित सामग्री

तीन वर्षपछि मार्सी धान रोप्न कुलो निर्माणमा जुट्दै किसान

पहिरोले क्षतविक्षत भएको ठिन्के कुलो मर्मत सुरु भएपछि चन्दननाथ नगरपालिकाका भण्डारीबाडा, आचार्यबाडा र तलीचौर गाउँका किसान तीन वर्षपछि खेतमा काली मार्सी धान रोप्ने तयारी गरिरहेका छन्।...

हङकङमा पहिलो पटक सयपत्री फूल निर्यात गर्ने तयारीमा चितवनका किसान

चितवन । फूल खेती गर्दै आएका चितवनका किसानले हङकङमा फूल निर्यात गर्ने तयारी गरेका छन् । कालिका नगरपालिका–२, पदमपुरका किसान गोविन्द बास्तोला सहितका किसानले तिहारका लागि लगाइएको सयपत्री फूल हङकङ निर्यात गर्न लागेका हुन् ।  बिहीवार निर्यातको शुभारम्भ गर्न लागिएको किसान बास्तोलाले जानकारी दिए । सयपत्री फूल चितवनबाट पहिलो पटक हङकङ पठाउन लागिएको उनको भनाइ छ । ‘अहिले पहिलोे चरणमा स्याम्पलको रूपमा हङकङमा एक हजार माला र दुई क्विन्टल सयपत्री पठाउने तयारीमा छौं,’ उनले भने, ‘त्यसपछि उताबाट राम्रो प्रतिक्रिया आए थप चार हजार माला पठाउने छौं ।’ हङकङमा नेपाली व्यवसायीको मागअनुसार माला निर्यात गर्न लागिएको उनले बताए ।  बास्तोलाले पदमपुरमा तीन बिघामा फूलखेती गरेका छन् । उनले कृषि फार्म सञ्चालन गरेर व्यावसायिक फूल खेती गर्दै आएका छन् । हाल कालिका नगरपालिकाका किसान फूल निर्यात गर्न लागिए पनि आगामी दिनमा अन्य किसानसँग सहकार्य गरी निर्यात गरिने उनको भनाइ छ । ‘यो शुरुवाती मात्रै हो, फ्लोरिकल्चर एशोसिशयन नेपालका सदस्य समेत रहेका बास्तोलाले भने, ‘राम्रो भयो भने बाह्रैमासे फूल निर्यात गर्ने हाम्रो योजना छ ।’  सयपत्रीका दुई जात ‘टेनिस बल’ र ‘कलकट्टे’ निर्यात गर्न लागिएको उनले जानकारी दिए । यो जातको फूलको माला तिहारमा बढी लगाउने गरिन्छ । उनका अनुसार कात्तिक २४ गते राति काठमाडौंबाट हङकङ जाने जहाजमार्फत फूल पठाइनेछ । त्यसका लागि कात्तिक २३ गते नै फूल व्यवस्थापन गरिनेछ ।  यसका लागि फूल टिप्ने, माला बनाउने र प्याकेजिङ कार्य भइरहेको र कार्गो सर्भिसबाट पठाउन लागिएको उनको भनाइ छ । अर्का किसान घनश्याम बास्तोलाले चितवनबाट सयपत्री फूल पहिलो पटक निर्यात गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए । ‘यो चितवन समग्र नेपालकै किसानको लागि खुशीको कुरा हो,’ उनले भने, ‘यसले हामी मात्र नभई अन्य किसानलाई समेत हौसला र प्रेरणा दिन्छ ।’ हङकङसँगै थाइल्यान्डबाट पनि फूलको माग आएको उनले बताए । गोविन्दले भने, ‘पहिला हामी हङकङ निर्यात गर्छौं, कस्तो हुन्छ हेरौं अनि बिस्तारै थाइल्यान्ड पनि निर्यात गर्नेछौं ।’ नेपाली एक सय रुपैयाँ फूलको माला र ५०० रुपैयाँ किलोमा थुँगा फूल निर्यात गर्न लागिएकोे उनले बताए । उनले भने, ‘अहिले विदेशमा बेचिने र नेपालमा बेचिने मूल्य एउटै राखेका छौं । फक्रिएका फूल खेर नजाउन र नओइलियोस् भन्ने उद्देश्य पनि हो ।’  फ्लोरिकल्चर एशोसिएशन चितवनका सचिव सुलभ श्रेष्ठका अनुसार तिहारका लागि चितवनमा ५० बिघामा फूलखेती गरिएको छ ।  यस वर्षको तिहारमा चितवनलाई यहीको उत्पादनले पुग्ने अपेक्षा गरिएको छ । फ्लोरिकल्चर एशोसिएशनले चितवनमा चार लाख फूलको माला माग हुने जनाएको छ । चितवनमा तिहारका लागि फूलखेती गर्ने किसान सय जनाको हाराहारीमा छन् । फ्लोरिकल्चर एशोसिएशनले एउटा मालाको खुद्रा मूल्य एक सय र खुला फूलको मूल्य ५०० रुपैयाँ निर्धारण गरेको छ ।

अध्यादेश ल्याएर किसान परिचयपत्र वितरण गर्ने तयारीमा बागमती सरकार

हेटौंडा : कानुन मन्त्रालयले ऐन निर्माणमा सहमति नदिएर अड्किएको किसान परिचयपत्र वितरण गर्न बागमती प्रदेश सरकारले अध्यादेश जारी गर्ने भएको छ।मन्त्रिपरिषद्को बिहिबार बसेको बैठकले किसानहरूलाई परिचयपत्र वितरण गर्ने कृषिसम्बन्धी अध्यादेश स्विकृत गरेको हो। मन्त्रिपरिषद् बैठकले किसानको वर्गीकरण गरी परिचयपत्र वितरण गर्ने निर्णयसमेत गरेको छ।यसअघि प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसान परिचयपत्र वितरणको लागि ऐन बनाउन कानुन मन्त्रालयसँग सहमति मागेको भए पनि कानुन मन्त्रालयले दिएको थिएन। जसका

चिनी मिलबाट १५ करोड भुक्तानी नपाएपछि आन्दोलनकाे तयारीमा उखु किसान

काठमाडौं । चिनी मिललाई उखु विक्री गरेबापत पाउनुपर्ने बक्यौता रकमको पूर्ण भुक्तानी अझैसम्म पनि नपाएका सर्लाहीका उखु किसानले बक्यौता रकम भुक्तानीको माग गर्दै फेरि पनि काठमाडौंमा आन्दोलन गर्ने तयारी थालेका छन् । सरकारको तथ्यांकअनुसार उखु किसानले चिनी मिलसँग पाउनुपर्ने कुल ६५ करोडमध्ये अझै १५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । सोही रकमको भुक्तानी माग […]

आन्दोलनको तयारीमा उखु किसान

काठमाडौं । चिनी मिललाई उखु विक्री गरेबापत पाउनुपर्ने बक्यौता रकमको पूर्ण भुक्तानी अभैmसम्म पनि नपाएका सर्लाहीका उखु किसानले बक्यौता रकम भुक्तानीको माग गर्दै फेरि पनि काठमाडौंमा आन्दोलन गर्ने तयारी थालेका छन् । सरकारको तथ्यांकअनुसार उखु किसानले चिनी मिलसँग पाउनुपर्ने कुल ६५ करोडमध्ये अभैm १५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । सोही रकमको भुक्तानी माग गर्दै उखु किसानले गत साउन दोस्रो साता काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बक्यौता रकम भुक्तानीका लागि उद्योगी र सरकारलाई भदौ ५ गतेसम्मको समयसीमा दिएका थिए । किसानले दाबी गरेको तथ्यांकअनुसार बाँकी रहेको कुल ९० करोड बक्यौता रकममध्ये २५ करोड रुपैयाँको भुक्तानी बाँकी रहेको छ । सरकार र उद्योगीबाट आप्mनो मागको सुनुवाइ नभएपछि उखु किसानले आन्दोलन गर्ने तयारी थालेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रका अनुसार उखु किसानले सर्लाहीको अन्नपूर्ण चिनी उद्योगबाट ८ करोड, सर्लाहीकै महालक्ष्मी सुगर मिलबाट ५० लाख, रौतहटको श्रीराम सुगर मिलबाट ३ करोड, इन्दिरा सुगरमिल नवलपरासी बाट २ करोड र लुम्बिनी चिनी कारखानाबाट २ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । ‘यो रकम चाँडोभन्दा चाँडो भुक्तानी गरिपाऊँ भनी हामीले सरकारसँग बारम्बार बिन्ती गर्दा पनि सरकारले हाम्रो कुरामा चासो दिएन । त्यसैले आन्दोलन गर्नुको विकल्प छैन । हामी आन्दोलनको पूरा तयारीमा छौं जतिबेला पनि आन्दोलन शुरू हुन सक्छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । उद्योगीबाट किसानले पाउनुपर्ने सबै बक्यौता रकम उपलब्ध गराइदिने भन्दै सरकारसँग धेरैपटक सम्झौता गरे पनि अभैm धेरै किसानले रकम नपाएको गुनासो गर्दै अब कुनै पनि सम्झौता गर्न आफूहरू तयार नरहेको उनले बताए । यसका साथै किसानले दाबी गरेको ९० करोड र सरकारले सही मानेको ६५ करोड बक्यौता रकममा कुरा नमिलेपछि त्यसको समस्या समाधानका लागि बनेको कार्यदलले पनि गोलमटोल प्रतिवेदन सार्वजनिक गर्दै किसानलाई दुःख दिने काम गरेको समितिका सचिव हरिश्याम रायले बताए । कार्यदलले किसानले उद्योगीबाट बक्यौता रकम पाउन बाँकी रहेको र उक्त रकम उपलब्ध गराउनुपर्ने कुरा उल्लेख गरिए पनि रकमको मात्रा कति हो उक्त कुरा नखुलाएको उनको भनाइ छ । उखु किसानको संघर्षमा अखिल नेपाल किसान युनियन, अखिल नेपाल प्रगतिशील किसान संघ, अखिल नेपाल किसान महासंघलगायत संघसंस्थाले समेत साथ दिएका छन् ।

भैंसी पकेट जोनले पाङ र खुर्कोटका किसान उत्साहित

पर्वत : कुश्मा नगरपालिका–१ पाङका यज्ञप्रसाद कँडेल भैंसी खरिदका लागि पोखरा जाने तयारीमा छन्। घरमा रहेका दुई भैंसीले मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको भैंसीको व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट)मा नपर्ने भएपछि उनले भैंसी थप गर्न लागेका हुन्।कँडेल जस्तै पाङ र वडा नम्बर २ खुर्कोटका ५० जना किसान नयाँ भैंसी खरिदका लागि तयारीमा छन्। वडा नम्बर १ का अध्यक्ष देवेन्द्र सुवेदीका अनुसार परियोजनाअन्तर्गत संघीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको पाँच लाख र किसानको पाँच लाख गरी कु

भुक्तानी नपाएपछि सर्लाहीका उखु किसान पुनः आन्दोलनको तयारीमा

साउन १४, सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन/चार वर्षअघिदेखिकै करीब रू. ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेका सिसौटियाका उखु उत्पादक किसान रामविलास महतोले बताए ।  विसं २०७४ कै पैसा नपाएको गुनासो जिल्लाका उखु उत्पादक किसानको छ । पटकपटकको आन्दोलनपछि महालक्ष्मी र अन्नपूर्ण सुगर मिलबाट करीब रू. तीन लाख भुक्तानी पाए पनि महतोले उद्योगबाट अझै रू. ८५ हजार उठाउन बाँकी रहेको छ । उखुकै पैसा माग्न जिल्लाका उखु उत्पादक किसान काठमाडौं पुगेका महतोले बताए । ‘मैले पहिला दुई बिघा जमिनामा उखु लगाउँथे । उखु बेचेरै आफ्नो घरपरिवार र व्यवहार चलाउने गरेको मलाइ उद्योगले भुक्तानी नदिएपछि अहिले समस्या भएको छ’, महतोले बताए । सरकारबाट आश्वासन पाए पनि भुक्तानी हुन सकेन, यसकारण फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौंतर्फ लागेको उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए । सचिव रायले आफूले पनि करीब रू. २० लाख भुक्तानी नपाएको बताएका छन् । समितिका अनुसार इन्दिरा सुगर मिलबाट रू. तीन करोड, लुम्बिनीबाट रू. तीन करोड, अन्नपूर्णबाट रू. १२ करोड, महाकालीबाट करिब नौ करोड भुक्तानी हुन बाँकी छ । श्रीराम सुगर मिलबाट पाउनुपर्ने रु तीन करोड सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइए पनि जिल्लाका किसानले अहिलेसम्म पनि नपाएको सचिव रायले बताए । उखु उत्पादक किसानले उत्पादन गरेको उखुको भुक्तानी नपाउँदा जिल्लाका किसान उखु उत्पादन पेशाप्रति असन्तुष्ट बन्दै गएका छन् । समयमै भुक्तानी नपाउँदा उखु उत्पादक किसान पटकपटक आन्दोलन गर्न बाध्य छन् । विगतकै भुक्तानी नभएपछि सर्लाहीका पाँच किसान फेरि काठमाडौं पुगेका हुन् । पहिला सरकारलाई आफ्नो अवस्थाबारे जानकारी गराउने र माग सम्बोधन नभए पुनः आन्दोलनको घोषणा गर्ने उनीहरुले बताएका छन् । ‘श्रीरामका सञ्चालकले सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिएका छन् तर किसानले पाएका छैनन्’, सचिव रायले बताए । ‘महाकालीले करीब रू. दुई करोड अनुदान रकम पनि दिएको छैन ।’ यस वर्ष महाकालीले करीब दुई महीना क्रसिङ गरेको थियो तर एक महीनाको मात्रै भुक्तानी गरेको समितिले जानकारी दिएको छ । उखु किसान विसं २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन् । विसं २०७६ पुस १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा किसान र चिनी मिल उद्योगीबीच सम्झौतासमेत भएको थियो । विसं २०७६ माघ ७ गतेसम्म सरकारले दिनुपर्ने अनुदानसहित सबै बक्यौता चुक्ता गर्ने सहमति भएको थियो तर सम्पूर्ण रकम भुक्तानी अहिले पनि भएको छैन ।  रकम नपाएपछि पीडित किसानले गत चैत ८ गते माइतीघरमा रिले अनशन गर्ने घोषणा गरेका थिए तर चैत ११ गतेदेखि लकडाउन भएपछि अनशन स्थगन भयो । सहमति कार्यान्वयन नभएको भन्दै उनीहरूले २०७७ कात्तिक २३ गते तत्कालीन उद्योगमन्त्री लेखराज भट्टलाई स्मरणपत्र बुझाएका थिए । जिल्लाका उखु उत्पादक किसानले कात्तिक २४ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरी समस्या समाधानको पहल गरिदिन अनुरोध गरेका थिए तर किसानले आश्वासनबाहेक केही नपाएको बताएका छन् । ‘विभिन्न राजनीतिक दलदेखि राष्ट्रपतिसम्म आफ्नो कुरा राखेका छौँ, केन्द्रमा मात्रै नभई जिल्लामा पनि कयौँपटक आन्दोलन भयो’, उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले बताए ।  मिलमा अनशन बस्यो, भुक्तानी दिने सहमति पनि हुन्छ तर कार्यान्वयन हुँदैन ।’ भुक्तानीको पहल गरिदिन भन्दै करिब १५ पटक काठमाडौं धाउनुपरेको उनको भनाइ छ । राष्ट्रपति भण्डारीसँगको भेटपश्चात पनि माग सम्बोधन नभएपछि उनीहरू पुनःआन्दोलनमा उत्रिन बाध्य भएका छन् । त्यसपश्चात् केही उद्योगीले भुक्तानी गरे पनि अन्नपूर्ण, इन्दिरा, श्रीराम र लुम्बिनीले पूर्णरूपमा भुक्तानी गरेका छैनन् । त्यसपछि विसं २०७७ पुसमा किसानले दोस्रोपटक काठमाडौंमा आन्दोलन गरेका थिए । आन्दोलनकै दबाबले सुगर मिलले केही रकम मात्रै भुक्तानी गरेको थियो ।  सरकारले चिनी उद्योगीको शेयर र जग्गा लालपुर्जा रोक्का गर्ने तथा २१ दिनभित्र भुक्तानी नगरे कडा कारवाही गर्ने प्रतिबद्धता जनाएपछि किसानले आन्दोलन स्थगन गरेका थिए । १६ दिनको आन्दोलनपछि सरकार र उखु किसान संघर्ष समितिबीच चार बुँदे सहमति भएको थियो । उता आन्दोलनमा सहभागी सर्लाहीका उखु किसान नारायणराय यादवको मस्तिष्कघातका कारण मृत्यु भएको थियो । मिलले सरकारले तोकेको उखुको समर्थन मूल्यसमेत नदिएर ठग्ने गरेको रायको आरोप छ । ‘करीब २० प्रतिशत घटाएर किसानलाई पैसा दिइन्छ’, उनले भने, ‘सरकार र उद्योगीबाटै अत्याचार भयो । किसान सधैँ मारमा परेका छन् ।’ रासस

आलु भित्र्याउने तयारीमा बाफुखोलाका किसान

सल्यान । सल्यानको बाफुखोलाका किसान आलु खन्ने तयारीमा जुटेका छन् । बर्खे आलु उत्पादन हुने क्षेत्रका रूपमा परिचित जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ का किसान आलु भित्र्याउने तयारीमा लागेका हुन् । आलु खन्नका लागि तयार भइसकेको र असारको पहिलो हप्तादेखि भण्डारण शुरू हुने स्थानीय खकेन्द्र खत्रीले बताए । आलु निकासीका लागि दोभान बजारसम्म नै ट्रक आउने भएकाले निकासीमा कुनै समस्या नहुने भएपछि किसानहरू बजार भाउ पर्खिएर बसेको उनको भनाइ छ । अहिले बाफुखोलामा प्रतिकिलो ३० देखि ३२ रुपैयाँमा आलु विक्री भइरहेको छ । बाफुखोलाका किसानले आलुखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । आलुखेती गरेर यहाँका प्रतिघरपरिवारले वार्षिक न्यूनतम ५० हजारदेखि ७ लाखसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् । स्थानीय किसानको आम्दानीको प्रमुख स्रोत नै आलुखेती हो । खाद्यान्नबाली लगाउन छोडेर यहाँका किसानले आलुखेतीमा जोड दिएको अर्का स्थानीय वीरबहादुर वलीले बताए । ‘राम्रो उत्पादन हुन थालेपछि बाफुखोलामा आलुखेती गर्न थालिएको छ, यसलाई विस्तार गर्न एक दशक नै लाग्यो, अहिले आलुखेती नगर्ने बाफुखोलामा कोही छैनन्,’ उनले भने । बाफुखोलाका करीब ५ सय घरधुरीले व्यावसायिक रूपमा आलुखेती गर्दै आएका छन् । बागचौर नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष दिपक वलीले यस वर्ष बाफुखोलामा करिब १५ करोड रुपैयाँ बराबरको आलु उत्पादन हुने आकलन गरिएको बताए । यस वर्ष यहाँ उत्पादित आलु निकासीमा समस्या नहुने उनको भनाइ छ । ‘कर्णाली प्रदेश सरकार र बागचौर नगरपालिकाको १ करोड २० लाख रुपैयाँ बजेटबाट खौलादेखि दोभानबजारसम्म सडकको स्तरोन्नति गरिएको छ, १० चक्के ट्रक नै बाफुखोलामा आउँछन्,’ उनले भने, ‘यस वर्ष आलु निकासी नभएर गाउँमै थन्किने अवस्था आउँदैन ।’ २०४८ सालदेखि बाफुखोलामा आलुखेती शुरू भएको कृषक बताउँछन् । जिल्लाका बाफुखोलासँगै शिवरथ, कोटवारा, ढाकाडाम लगायत क्षेत्रमा आलुखेती गरिन्छ । यहाँ उत्पादित आलु दाङ, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरा लगायत शहरमा जाने गर्दछ । जिल्लामा करीब १ हजार ७ सय हेक्टर क्षेत्रफलमा हिउँदे आलु र करीब ४ सय हेक्टर क्षेत्रफलमा बर्खे आलु लगाइन्छ ।

स्ट्रबेरी खेती सिक्दै, जीवन धान्ने माध्यम बनाउँदै दाङका किसान

दाङ – दाङका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित बन्दै गएका छन् । घोराही उपमहानगरपालिका १६ का किसान स्ट्रबेरी खेती सिक्न थालेका मात्रै छैनन्, जीवन धान्ने माध्यम बनाउने योजनामा छन् ।  मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमअन्तर्गत घोराही उपमहानगरपालिकामा विनियोजित बजेटबाट स्ट्रबेरी खेती सञ्चालन हुने भएपछि हर्षित भएका किसान व्यावसायिक स्ट्रबेरी खेतीको तयारीमा जुटेका किसान समूहका अध्यक्ष लरिलाल चौधरीले जानकारी दिनुभयो । सात जनाको किसान समूह बनाएर व्यावसायिक सामूहिक स्ट्रबेरी खेती सञ्चालनमा ल्याउने र यसै...