अमर बान्तुले काव्य साँझमा सुनाए कविता

काठमाडौं : कवि तथा गीतकार अमर बान्तुले हालै राजधानीमा आफ्ना कविता सुनाएका छन्। मिलाप मासिकले आयोजना गरेको ‘अमर बान्तु काव्य साँझ’मा अमरले आफ्ना सिर्जना सुनाएका हुन्।कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले साहित्य साधनासँगै व्यवसाय र समाजसेवामा उत्तिकै सक्रिय स्रष्टा बान्तुका रचनाहरूले समाज रूपान्तरणका लागि योगदान दिने दाबी गरेका थिए।करिब एक घण्टाको ‘काव्य साँझ’ बान्तुले ‘होची मिन्ह’ र ‘पोलपोट’ शीर्षकको

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली आदित्य मोक्षधाम–काव्य गोष्ठीमा (तस्बिरहरु)

काभ्रेपलाञ्चोक, १२ चैत । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ दारिमबोटमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन गरेका छन् । धामको अवलोकनपछि उनले तेस्रो मोक्षधाम काव्य–गोष्ठीमा सहभागिता जनाएका छन् । गोष्ठीमा एमालेका उपमहासचिव एवम् साहित्यकार प्रदीप ज्ञवालीले ‘काष्ठमण्डपमा एक्लो परेवा’ शीर्षकमा कविता वाचन गरेका थिए । यस्तै गोष्ठीमा डा बुनु दाहाल, मुराहरि […]

शारदीय काव्य उत्सवमा दसैँको पीडा

काठमाडौँ  – त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा आज यहाँ सम्पन्न ‘शारदीय काव्य उत्सव’ मा कविले बिदेसिएकाको पीडादेखि मानवीय र महिलालक्षित विभेदसम्मका कविता वाचन गरे। हरेक वर्ष झैँ यस वर्ष पनि बडादसैँका अवसरमा आयोजित कार्यक्रममा २५ जना कविले मुलुक छाड्नु नै गौरव ठानेकाका तथा सत्ताको राजमार्गमा पुगेपछि भिर र गोरेटो बिर्सनेप्रति व्यङ्ग्य गर्दै गरिबले दसैँ मनाउन नसकेको […]

श्रेष्ठ र बेलवासेलाई ‘व्यथित काव्य वनिताश्री पुरस्कार’

काठमाडौँ – जरा कलाकार एवं कवि नरेन्द्रबहादुर श्रेष्ठ र कवि एवं पत्रकार ठाकुर बेलवासेलाई ‘व्यथित काव्य वनिताश्री पुरस्कार’ प्रदान गरिने भएको छ। तीसको दशकदेखि नेपाली कविता र रुखका जरामा कला सिर्जना गरेर उत्कृष्ट सेवा गरेवापत श्रेष्ठलाई २०८० सालको उक्त पुरस्कार प्रदान गरिने भएको हो। पचासको दशकदेखि कविता साहित्य र पत्रकारितामा सक्रिय योगदान गरेवापत बेलवासेलाई २०८१ […]

काव्य गोष्ठीमा सांस्कृतिक रूपान्तरणका कविता प्रस्तुत

काठमाडौँ- नागार्जुन साहित्यिक प्रतिष्ठानको शुभ प्रभात काव्य गोष्ठीमा आज समसामयिक चेतना र सांस्कृतिक रूपान्तरणका एक दर्जन कविता प्रस्तुत भएको छ । गोष्ठीमा डा. रमेश शुभेच्छु, चेतनाथ धमला, दिल पौडेल, प्रकाश सिलवाल, युवराज नास्तिक, माधव घिमिरे ‘अटल’, लीलाराज दाहाल, गङ्गा खतिवडा, रामकृष्ण आचार्य, पुरुषोत्तम रसुवा, रुवी सत्याल, जयराम बिडारीले कविता, गजल र मुक्तक प्रस्तुत गरेका थिए […]

विराटनगरमा वसन्त काव्य उत्सव सम्पन्न

एपेक नेपाल, पूर्वाञ्चल साहित्य प्रतिष्ठानको संयोजन र इन्द्रमोहन स्मृति गुठी धनकुटाको आयोजनामा विराटनगरमा वसन्त काव्य उत्सव सम्पन्न भएको छ । तेह्रथुमपछि विराटनगरमा भएको सो उत्सवमा कविहरू  विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभ, किशोर पहाडी, विवश पोखरेल, श्रीओम श्रेष्ठ रोदन, सुमन पोखरेल, भूषण ढुङ्गेल, सीमा आभास, सविता गौतम दाहाल, डा. बद्रीविशाल पोखरेल, शुभलक्ष्मी लम्साल गोकुल अधिकारी, मणि लोहनीको कविता वाचन गरेका थिए । यसैगरी काव्यउत्सवमा पुष्प गुरागाईं, भेषराज पोखरेल, मञ्जुश्री गिरी, म

विश्व कविता दिवसका अवसरमा विशेष कवि गोष्ठी आयोजित

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य-काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ–आफ्ना कविता वाचन गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले विश्व कविता दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभयो । समाजलाई सही दिशानिर्देश गर्ने विषय […]

विश्व कविता दिवसका अवसरमा ३१ कवि गुन्जिए

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ–आफ्ना कविता वाचन गरे ।  सन् १९९९ मा पेरिसमा सम्पन्न युनेस्कोको ३० औँ महासभाबाट घोषणा गरिएपछि विश्व कविता दिवस मनाउन थालिएको हो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भने, “कविताको सामर्थ्यलाई स्वीकार गरेर यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न यो विश

आज विश्व कविता दिवस

साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिए...

काव्य साँझमा बान्तुको एकल कविता बाचन

‘फक्रिदै रहरहरू निभ्नै लाग्यो जिन्दगीअलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’नेपथ्यबाट कवि अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिएसंगै आइतबार सुरु भयो, ‘अमर बान्तु काव्य साँझ’ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरे । हँसिलो मुहारमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाए शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर । अनि कविता सुनाउन सुरु गरे—‘मेरी प्रिय कविताकिन किन घुमाउ

महाकवि देवकोटाको जयन्तीमा काव्य गोष्ठी

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा आज अनामनगरमा नागार्जुन साहित्यिक प्रतिष्ठानले काव्य गोष्ठीको आयोजना गरेको छ । महाकवि देवकोटाको व्यक्तित्व चर्चा, उहाँको ‘भिखारी’ शीर्षकको कविता वाचन र अन्य कविहरुका कविता वाचनसहित सम्पन्न गोष्ठीमा वरिष्ठ समालोचक प्रा डा बद्रीविशाल पोखरेलले महाकवि देवकोटालाई नयाँ पुस्ताले गहनरुपमा पढ्न र बुझ्न आवश्यक रहेको बताए । उनले तत्कालीन व्यवस्थाले उहाँलाई जनताका पक्षमा लागेका नाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट उपलब्ध हुनुपर्नै तलब सात महिनासम्म निकासा नभएका जस्ता पीडादायी...