नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य/काव्य) विभागद्वारा विश्व कविता दिवस (मार्च २१) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजित विशेष कवि गोष्ठीमा ३१ जना कविहरूले आ–आफ्ना कविता वाचन गरे । सन् १९९९ मा पेरिसमा सम्पन्न युनेस्कोको ३० औँ महासभाबाट घोषणा गरिएपछि विश्व कविता दिवस मनाउन थालिएको हो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले भने, “कविताको सामर्थ्यलाई स्वीकार गरेर यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न यो विश