काठमाडौँ – त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा आज यहाँ सम्पन्न ‘शारदीय काव्य उत्सव’ मा कविले बिदेसिएकाको पीडादेखि मानवीय र महिलालक्षित विभेदसम्मका कविता वाचन गरे। हरेक वर्ष झैँ यस वर्ष पनि बडादसैँका अवसरमा आयोजित कार्यक्रममा २५ जना कविले मुलुक छाड्नु नै गौरव ठानेकाका तथा सत्ताको राजमार्गमा पुगेपछि भिर र गोरेटो बिर्सनेप्रति व्यङ्ग्य गर्दै गरिबले दसैँ मनाउन नसकेको […]