‘फक्रिदै रहरहरू निभ्नै लाग्यो जिन्दगीअलिक वरै रोकिएछ घात भयो जिन्दगी ।’नेपथ्यबाट कवि अमर बान्तुद्वारा रचित यो कविता गुञ्जिएसंगै आइतबार सुरु भयो, ‘अमर बान्तु काव्य साँझ’ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको समुद्घाटन गरे । हँसिलो मुहारमा मञ्चमा प्रवेश गरेका बान्तुले थोरै भूमिका बाँध्दै काव्य साँझको माहोल जगाए शिव ताण्डव स्त्रोत प्रस्तुत गरेर । अनि कविता सुनाउन सुरु गरे—‘मेरी प्रिय कविताकिन किन घुमाउ