मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर सूचीकृत*

वैशाख १४, काठमाडौं । मल्टीपर्पस  फाइनान्सको हकप्रद शेयर  मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् । *यसअघिको समाचारमा मल्टीपर्पस  फाइनान्सको हकप्रद शेयर सूचीकृत हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

सम्बन्धित सामग्री

दुई कम्पनीको हकप्रद शेयर सूचीकृत

काठमाडौं । शुक्रवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । अपि पावर कम्पनीको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता र मल्टीपर्पस फाइनान्सको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । यी दुबै कम्पनीको हकप्रद शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् । मल्टीपर्पस फाइनान्सले गत भदौ १० गते देखि ३१ गते सम्म निष्कासन गरेको ३५ प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । त्यस्तै अपि पावर कम्पनीले साउन ३१ गते देखि भदौ १९ गते सम्म निष्कासन गरेको ४० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो ।

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले कुल १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद शेयर असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म विक्री खुला गरेको थियो । तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका लगानीकर्तामा कात्तिक १९ गते उक्त हकप्रद शेयर बाँडफाँट गरिएको हो । कुल कित्ता अवितरित हकप्रद शेयरमध्ये सर्वसाधारणतर्फ ६० हजार ६५० कित्ता र संस्थापकतर्फ ८२ हजार १२३ कित्ता रहेको थियो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार संस्थापकतर्फको शेयर प्रतिकित्ता १०१ रुपैयाँ २ पैसा र सर्वसाधारणतर्फको शेयर प्रतिकित्ता २६० रुपैयाँ ५० पैसामा बोलपत्र पेस गर्नेहरूको हकमा समानुपातिक रुपमा बाँडफाँट गरिएको हो । यो शेयर बाँडफाँटमा नपरेको शेयरबापतको रकम कात्तिक २२ गतेदेखि फिर्ता भुक्तानी गरिने जानकारी कम्पनीले दिएको छ । कम्पनीले यसअघि भदौ १० देखि ३१ गतेसम्म विक्री ३५ प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको यो शेयर लिलामी प्रक्रियाबाट विक्री गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरी असोज १२ गते बाँडफाँट गरेको थियो । अवितरित हकप्रद शेयरसमेत विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम भएको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर विक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले १ लाख ४२ हजार कित्ता अवितरित हकप्रद शेयर आज (असोज २९ गते)बाट विक्रीमा ल्याएको छ । जसमा संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता छ ।  विक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । यस आधारमा लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र आउँदो कात्तिक १३ गतेसम्म पेस गर्नुपर्नेछ ।  बोलपत्र धितोपत्र विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाडौं, नक्सालस्थित कार्यालय तथा मुक्तिनाथ विकास बैंकका शाखाहरू थिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुंगा (पोखरा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ ।

असोज २९ गतेदेखि अवितरित हकप्रद शेयर विक्री गर्दै मल्टीपर्पस फाइनान्स

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद शेयर यही असोज २९ गतेदेखि लिलामीमा आउने भएको छ । कम्पनीले यसअघि भदौ १० देखि ३१ गतेसम्म ३५ प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको यो शेयर कात्तिक १३ गतेसम्म लिलामीमा विक्री खुला गर्न लागिएको हो । कुल कित्ता हकप्रद शेयरमध्ये संस्थापकतर्फ ८२ हजार १२३ कित्ता र सर्वसाधारणतर्फ ६० हजार ६५० कित्ता छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गरी असोज १२ गते बाँडफाँट गरेको थियो ।  अवितरित हकप्रद शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा संस्थापकतर्फको शेयरको लागि न्यूनतम १ हजार कित्ता र सर्वसाधारणतर्फको शेयरका लागि न्यूनतम १०० कित्ता माग गर्न सकिनेछ । अधिकतम कित्ताका लागि भने हद तोकिएको छैन । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पूरा गर्नेछ । विक्री प्रबन्धकसँगै मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय र शाखा कार्यालय भक्तपुर, ललितपुर, बिर्तामोड, विराटनगर, हेटौडा, नारायणगढ, पोखरा, बुटवल, बाग्लुङ, दाङ, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरबाट पनि आवेदन दिन सकिनेछ । साथै मल्टीपर्पस फाइनान्सको जनकपुरमा रहेको कार्यालयबाट पनि आवेदन प्राप्त गर्न र पेश गर्न सकिने व्यवस्था छ । अवितरित हकप्रद शेयरसमेत विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

मल्टीपर्पस फाइनान्सको १ लाख ४२ हजारभन्दा बढी कित्ता हकप्रद शेयर लिलामीमा आउने

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको १ लाख ४२ हजार ७७३ कित्ता हकप्रद शेयर लिलामीमा आउने भएको छ । कम्पनीले ३५ प्रतिशत हकप्रद शेयर विक्री खुला गर्दा वितरण हुन नसकेको उल्लेखित कित्ता हकप्रद शेयर भने लिलामी प्रक्रियबाट विक्री हुनेछ । कम्पनीले भदौ १० देखि ३१ गतेसम्म विक्री गरेको ३५ प्रतिशत हकप्रद शेयर असोज १२ गते बाँडफाँट गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।  तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिएका ४ हजार ३२८ जना शेयरधनीहरूमा १४ लाख ३९ हजार २२७ कित्ता हकप्रद शेयर बाँडफाँट गरेको हो । हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम असोज १६ गतेदेखि सम्बन्धित शेयरधनीहरूको बैंक खातामै रकमान्तर गरिने जानकारी कम्पनीले दिएको छ । हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा साउन ११ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन पाउने व्यवस्था थियो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटलले पूरा गरेको छ । अवितरित हकप्रद शेयरसमेत विक्री तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ ।

यी तीन कम्पनीका हकप्रद शेयर आइतवारसम्म मात्रै विक्रीमा रहने

काठमाडौं । दुई जलविद्युत कम्पनीसहित तीन कम्पनीको हकप्रद शेयर खरीद गर्ने भदौ ३१ गते (आइतवार) अन्तिम दिन रहेको छ । मल्टीपर्पस फाइनान्स, अरुण काबेली पावर र सिनर्जी पावरको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आइतवार अन्तिम दिन रहेको हो । मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गतेदेखि हाल कायम चुक्ता पूँजीको आधारमा ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँ छ । सोही पूँजीको आधारमा ३५ प्रतिशत अर्थात् १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गरेको हो ।  ३५ प्रतिशत हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ । मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । त्यस्तै अरुण काबेली पावर कम्पनी लिमिटेडले शत प्रतिशत हकप्रद शेयर भदौ ११ गतेदेखि निष्कासन गरेको हो । अरुण काबेली पावरले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५०० रुपैयाँको आधारमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । शत प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । अरुण काबेली पावरले मेची पाँचथर र ताप्लेजुङ जिल्ला बीच भएर बग्ने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबेली बि–१ जलविद्युत आयोजनाको निर्माण कार्य पुरा गरी २०७६ साल कात्तिक २३ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्दै आएको छ । भदौ ३ गतेदेखि विक्रीमा आएको सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले थप गरिएको अवधि भदौ ३१ गतेसम्म छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर खरीदका लागि यसअघि भदौ २४ गतेसम्मको अवधि तय गरिएकोमा मागबमोजिम आवेदन नपरेपछि भदौ ३१ गतेसम्मको मिति थप गरेको हो ।  कम्पनीले हाल कायम चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको २ः१ अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर निष्कासनमा आएको हो । हकप्रद शेयर निष्कासनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख रुपैयाँ कायम हुनेछ । सिनर्जी पावरको हकप्रद शेयर विक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकम ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ एपेक्स मकालु हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित मध्य होङ्गु खोला ए जलविद्युत आयोजनामा उपयोग गर्ने जानकारी गराएको छ ।

मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत हकप्रद शेयर आजदेखि विक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले भदौ १० गते (आज) देखि हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ३५ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । सोही पूँजीको आधारमा ३५ प्रतिशत अर्थात १५ करोड ८२ लाख रुपैयाँ बराबरको १५ लाख ८२ हजार कित्ता हकप्रद शेयर कम्पनीले निष्कासन गरेको हो । कम्पनीको हकप्रद शेयर प्रतिशेयर एक सय रूपैयाँ अंकित मूल्यमै विक्रीमा आउन लागेको हो ।  हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले साउन १२ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोेजको आधारमा साउन ११ गते बिहीवारसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर भदौ ३१ गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । योग्य खरीदकर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयरमार्फत समेत आवेदन दिन सकिने व्यवस्था छ । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने आइआरएन सिङ्गल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । ३५ प्रतिशत हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६१ करोड २ लाख रुपैयाँ कायम हुनेछ ।    सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

मल्टिपर्पस फाइनान्स लिमिटेडको हकप्रद सेयर निष्कासन

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको सम्बन्धमा सम्झौता भएको छ।...

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्काशनमा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिएको छ । उक्त सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । फाइनान्सको २०७९ साल पौष मसान्त सम्मको अधिकृत पूँजी ८० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पूँजी ४५ करोड २० लाख रूपैयाँ, कुल सम्पत्ति १ अर्ब ८० करोड ८० लाख ८० हजार ९०४ रुपैयाँ, त्यसैगरी कुल निक्षेप १ अर्ब २९ करोड ६५ लाख ३७ हजार २९ रुपैयाँ तथा कर्जा लगानी ९८ करोड ८२ लाख १५ हजार ४ सय ३६ रुपैयाँ गरी कुल १३ हजार १ सय ३५ ग्राहकहरुलाई सेवा दिई रहेको छ । त्यसैगरी वित्तीय संस्थाको हाल शाखा संख्या ६ पुगेको छ । हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

नेप्सेद्वारा मल्टीपर्पस फाइनान्सको शेयर सुचीकृत

काठमाडौं, १५ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर सुचीकृत गरेको छ । फाइनान्सको १६ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद शेयर सुचीकृत गरेको नेप्सेले जनाएको छ ।