काठमाडौं, १५ बैशाख । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर सुचीकृत गरेको छ । फाइनान्सको १६ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद शेयर सुचीकृत गरेको नेप्सेले जनाएको छ ।
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ ।
कम्पनीले यसअघि कायम संस्थापकतर्फको ६० प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत शेयर संरचना परिवर्तन गरी संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत कायम भएको हो ।
सोबमोजिम कायम हुने संस्थापक समूहको ४ लाख ६ हजार ८०० कित्ता शेयर सर्वसाधारण समूहमा परिणत भई नेप्सेमा अभिलेख राख्न कम्पनीले अनुरोध गरेको छ । कम्पनीले संस्थापकतर्फको ९ प्रतिशत शेयर स्वामित्व सर्वसाधारणमा परिणत गरेको हो ।
मल्टीपर्पस फाइनान्स लिमिटेडले साविकका सेयरधनीहरुमा हकप्रद साधारण सेयर निष्काशन गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । उक्त सम्झौतापत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीशकुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको […]
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरणअनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद नाफा ४९ प्रतिशतले घटेको छ । गत आवमा रू. ४६ लाख २७ हजार नाफा कमाएकोमा चालू आवको सोही अवधिमा कम्पनीको नाफा रू. २३ लाख ३१ हजारमा सीमित भएको हो ।
चालू आवमा वृद्धि भएको अन्य सञ्चालन खर्च र सञ्चालन नाफामा कमी आउँदा कम्पनीको नाफा प्रभावित भएको हो ।
अन्य सञ्चालन खर्च गत आवको तुलनामा चालू आवमा १२७ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीको अन्य सञ्चालन खर्च रू. २३ लाख ५६ हजार रहेकोमा चालू आवमा रू. ५३ लाख ६२ हजार पुगेको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा ४२ प्रतिशतले घटेको हो ।
चुक्तापूँजी रू. ४५ करोड २० लाख रहेको कम्पनीले चालू आवको दोस्रो त्रैमाससम्म जगेडामा रू. ३ करोड ६३ लाख र रिटेन्ड अर्निङमा रू. ९३ लाख ६९ हजार सञ्चित गरेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।
गत आवमा रू. ३ दशमलव ७९ रहेको कम्पनीको प्रतिशेयर आम्दानी चालू आवमा रू. १ दशमलव शून्य ३ मा झरेको छ । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात ३३४ दशमलव ४० गुणा, तरलता अनुपात ३५ दशमलव ७४ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ११० दशमलव ११ रहेको छ ।
वैशाख २६, काठमाडौं । सोमवार नेप्सेमा मल्टीपर्पस फाइनान्सको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको ५ लाख २० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
कम्पनीले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
फागुन १६, काठमाडौं । मल्टीपर्पस फाइनान्सले ५ हजार ६५० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले सोमवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जानकारी दिएको छ ।
कम्पनीले शाहको नाममा रहेको ७९ हजार १०० कित्ता विक्रीका लागि माघ ३ गते सूचना आह्वान गरेकोमा ७३ हजार ४५० कित्ता शेयरका लागि मात्र निवेदन आएकोले बाँकी रहेको ५ हजार ६५० कित्ता शेयर विक्रीका लागि पुनः सूचना प्रकाशित गरेको हो ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले १५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी कम्पनी सचिवको कार्यायमा निवेदन दिन अनुरोध गरेको छ ।
मल्टीपर्पस फाइनान्सले लाभांश घोषणा गरेको छ। कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १३ प्रतिशतले हुन आउने ५ करोड २० लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ०.५२६ प्रतिशत हुन आउने नगद लाभांश गरि कुल १३.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ ।
कात्तिक १६, काठमाडौं । मल्टीपर्पस फाइनान्स कम्पनीले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९९ प्रतिशत घटेको छ ।
गत आवको पहिलो त्रैमासमा रू.१० लाख ६८ हजार नाफा कमाएको उक्त कम्पनीको चालू आवको सोही अवधिमा नाफा घटेर रू. २ लाख १३ हजारमा सीमित भएको हो ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको खर्चमा वृद्धि भएसँगै सञ्चालन नाफा ९७ प्रतिशत घटेकाले नाफा घट्न पुगेको हो । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि कमि आएको छ ।
प्रतिशेयर आम्दानी गत आवको पहिलो त्रैमासमा रू. ३ रहेकोमा चालू आवको सोही अवधिमा घटेर २१ पैसामा झरेको हो । कम्पनीको चुक्तापूँजी रू. ४० करोड रहेको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीले जगेडामा रू.१ करोड २८ लाख ६९ हजार, रिटेण्ड अर्निङमा रू.५ करोड १० लाख ५४ हजार र शेयर प्रिमियममा रू.२ करोड १३ लाख ४१ हजार सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १२१ दशमलव ३२ रहेको छ ।
असार ४, काठमाडौं । मल्टीपर्पस फाइनान्सको २३औं वार्षिक साधारण सभा आइतवार हुँदैछ ।
सभा बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय राजविराज सप्तरीमा हुने कम्पनीले जानकारीे गराएको छ । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।
साथै आव २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । त्यस्तै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र कार्यक्षेत्र विस्तार गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका जेठ २४ गते बन्द भइसकेको छ । बुक क्लोजको आधारमा जेठ २३ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।
वैशाख १४, काठमाडौं । मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर मंगलवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।
कम्पनीको १७ लाख ५९ हजार ६२१ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अव यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।
*यसअघिको समाचारमा मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर सूचीकृत हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।