मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्काशनमा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको हकप्रद शेयर निष्काशनका लागि मुक्तिनाथ क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिएको छ । उक्त सम्झौता पत्रमा वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रजनीश कुमार सिंह र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । मुक्तिनाथ क्यापिटल लिमिटेड मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो । फाइनान्सको २०७९ साल पौष मसान्त सम्मको अधिकृत पूँजी ८० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पूँजी ४५ करोड २० लाख रूपैयाँ, कुल सम्पत्ति १ अर्ब ८० करोड ८० लाख ८० हजार ९०४ रुपैयाँ, त्यसैगरी कुल निक्षेप १ अर्ब २९ करोड ६५ लाख ३७ हजार २९ रुपैयाँ तथा कर्जा लगानी ९८ करोड ८२ लाख १५ हजार ४ सय ३६ रुपैयाँ गरी कुल १३ हजार १ सय ३५ ग्राहकहरुलाई सेवा दिई रहेको छ । त्यसैगरी वित्तीय संस्थाको हाल शाखा संख्या ६ पुगेको छ । हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद निष्काशन पश्चात् वित्तीय संस्थाको चुक्ता पूँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

सम्बन्धित सामग्री

अपि पावरको अवितरित हकप्रद शेयर बाँडफाँट

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लिलामी प्रक्रियाबाट विक्री गरेको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले साउन ३१ गतेदेखि भदौ १९ गतेसम्म ४० प्रतिशत हकप्रद शेयर विक्री गर्दा वितरण हुन नसकेको उक्त शेयर असोज १७ गतेदेखि २४ गतेसम्म लिलामी प्रक्रियाबाट विक्री गरेको हो ।  तोकिएको अवधिभित्र प्राप्त शिलबन्दी बोलपत्र असोज ३० गते खोली कात्तिक ३ गते निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले बाँडफाँट गरेको हो । अपि पावरको अवितरित हकप्रद शेयरको कटअप मूल्य प्रतिकित्ता १५१ रूपैयाँ १० पैसा रहेको र उक्त मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षित भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ । यो अवितरित हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम कात्तिक १० गतेदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जानकारी दिएको छ ।  कम्पनीले असार २१ गतेसम्म कायम शेयरधनीहरूका लागि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो । कम्पनीले ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रूपैयाँ चुक्तापूँजीको आधारमा १ बराबर शून्य दशमलव ४० को अनुपातमा प्रतिशेयर १०० रूपैयाँ अंकित दरको १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । अवितरित सम्पूर्ण कित्ता हकप्रद शेयर बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ७८ करोड ६५ लाख रूपैयाँभन्दा बढी पुगेको छ । कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गरेको हो । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १७१ रूपैयाँ ९० पैसा रहेको छ । कम्पनीले विक्री गरेको हकप्रद शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पछि कारोबारयोग्य हुनेछ ।

नेशनल हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट  स्वीकृत पायो

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको छ । कम्पनीले १० बराबर शून्य ५ अनुपातमा हकप्रद शेयर निष्कासन गर्न जेठ २२ गते स्वीकृती पाएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । स्वीकृती पाएसँगै कम्पनीले ८२ लाख २१ हजार ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६४ करोड रहेको छ । यो हकप्रद शेयर निष्कासन पछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ४६ करोड पुग्नेछ ।

अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । अपि पावर कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात १ बराबर शून्य दशमलव ४० अनुपातमा हकप्रद शेयर निष्कासन गर्न चैत ६ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले रू. १ सय अंकित दरका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।  ७ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. ४ अर्ब १३ करोड पुग्नेछ । यही पूँजीको आधारमा कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो । ४० प्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको चुक्ता पूँजी रू. ५ अर्ब ७८ करोड भन्दा बढी पुग्नेछ ।  कम्पनीले निर्माणाधीन ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाका लागि थप पूँजी जुटाउन हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

मल्टिपर्पस फाइनान्स लिमिटेडको हकप्रद सेयर निष्कासन

मल्टीपर्पस फाइनान्सको हकप्रद शेयर निष्कासन गर्न धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको सम्बन्धमा सम्झौता भएको छ।...

मल्टीपर्पस फाइनान्सले हकप्रद शेयर निष्कासन गर्ने, सेबोनमा निवेदन

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी ३५ प्रतिशत अर्थात १ः०.३५ अनुपातमा रू. १ सय अंकित दरका १५लाख ८२ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनमा फागुन २९ गते निवेदन दिएको हो । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  हाल कम्पनीको चुक्ता पूँजी रू. ४५ करोड २० लाख रहेको छ । ३५ प्रतिशत हकप्रद शेयर निष्कासन पश्चात पूँजी रू. ६१ करोड २ लाख पुग्नेछ ।

मुक्तिनाथ क्यापिटलको विशेष साधारणसभा सम्पन्न, पुँजी वृद्धि

काठमाडौँ– मुक्तिनाथ क्यापिटल लिमिटेडको विशेष साधारणसभा यही कात्तिक २३ गते सम्पन्न भएको छ । क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा कमलादी, काठमाडौँमा भएको विशेष साधारणसभाले प्रस्तावित १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । हकप्रद शेयर निष्काशनपछि क्यापिटलको पुँजि वृद्धि भई ४० करोड ५० लाख पुग्ने जनाइएको छ । मुक्तिनाथ क्यापिटल […]

मुक्तिनाथ क्यापिटलले हकप्रद सेयर निष्काशन गर्ने

मुक्तिनाथ क्यापिटल लि.ले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । क्यापिटलको मंगलबार बसको विशेष साधारणसभाले १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । योसँगै अब हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको चुक्ता पुँजी ४० अर्ब ५० करोड पुग्नेछ । मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी ब्यबस्थापन, निक्षेप सदस्य तथा प्रत्याभूतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ

अपि पावरले हकप्रद निष्कासन गर्ने

काठमाडौं, ५ कात्तिक । अब अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा असोज २५ गते निवेदन दिएको हो । अपि पावर कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्रि प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

अरुण भ्याली हाइड्रोपावरको लिलामी शेयर बाँडफाँट

काठमाडौं, २७ असार । अरुण भ्याली हाइड्रोपावरको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीको ४ लाख ३५ हजार ८९४ कित्ता वितरण हुन नसकेको हकप्रद शेयर बैशाख ६ गतेदेखि शेयर लिलामी बिक्रि गरेको हो । शेयर विक्रि तथा प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ भने शेयर नपरेकाहरुको रकम भोलीबाट आवेदकको खातामै रकमान्तर गर्ने कम्पनीले जनाएको […]

अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन आज

वैशाख २८, काठमाडौं । अपि पावर कम्पनीको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि वैशाख २९ गते बुक क्लोज गरेसँगै मंगलवारसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन गर्न सक्नेछन् ।  कम्पनीले रू. १०० अंकित दरको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयरको विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।