आइसल्यान्डको रेक्यानेस प्रायद्वीपमा सोमबार राति ज्वालामुखी विस्फोट भएको छ।विस्फोटअघि नै ग्रिन्दाभिक नगरका झन्डै ४ हजार मानिसलाई सुरक्षित ठाउँमा सारिएको अलजजिराले जनाएको छ।उक्त स्थानबाट ४२ किलोमिटर टाढा रहेको राजधानी रेक्याभिकबाट समेत ज्वालामुखीका लाभा देखिएको छ। यो निकै शक्तिशाली ज्वालामुखी रहेको त्यहाँका अधिकारीहरूले बताएका छन्।आइसल्यान्डका विदेशमन्त्रीले ज्वालामुखी विस्फोटका कारण आइसल्यान्डबाट अन्यत्र जाने र अन्यत्रबाट आइसल्यान्ड आउने विमानमा प्रभाव भने नपरेको जनाएका छन्।