अफ्रिकी मुलुक कंगोमा ज्वालामुखी विस्फोट भएपछि स्थानीयहरू छिमेकी मुलुक रुवान्डातर्फ पलायन भएका छन् ।
शनिवार राति ७ बजेतिर गोमामा ज्वालामुखी विस्फोट भएको थियो । त्यसपछि मानिसहरू डसना र अन्य सरसामान लिएर सीमापार गरेका थिए । गोमाका विभिन्न स्थानमा बिजुली गएको थियो र फोन लाइनहरू भरिभराउ भएका थिए ।
नीरागोंगो ज्वालामुी विस्फोट भएको भए पनि शहरलाई खतरा नरहेको विज्ञहरूले बताएका छन् ।
संयुक्त राष्ट्रसंघका एक अधिकारीले हेलिकप्टरबाट निरीक्षण गर्दा लाभा गोमा शहर वा मानिसको बस्ती भएका अन्य स्थानतिर नगएको...