ज्वालामुखी विस्फोट हुँदा प्रायः ध्वंस र विनाश मात्र हुने गर्छ ।
तर जापान सागरमा भएको ज्वालामुखी विस्फोटका कारण भारी मात्रामा लाभा निस्केर सानो टापु बनेको छ ।
जापानको माइनिची शिम्बुन पत्रिकाको खबरअनुसार, ज्वालामुखी विस्फोट टोक्योभन्दा लगभग १२ सय किलोमिटर पर दक्षिणमा भएको हो ।
विस्फोटपछि जापानको कोस्ट गार्डको एक टोलीले घटनास्थलमा गएर हेर्दा समुद्रमा एउटा टापु बनेको पायो ।
यस प्राकृतिक टापुको आकार अर्धचन्द्र जस्तो छ र यसको व्यास लगभग एक किलोमिटर छ ।
जापान सागरमा सन् १९०४, १९१४ र १९८६ मा...