इन्डोनेसियाको जाभामा ज्वालामुखी विस्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन् ।
सेमेरु पर्वतबाट खरानीको वर्षा भएपछि दुईवटा ठाउँमा घाम छेकिएको प्रत्यक्षदर्शीहरूले बताए । खरानीको बादल ५० हजार फीटमाथिसम्म पुग्न सक्ने र विमानलाई समेत छुन सक्ने चेतावनी दिइएको छ ।
ज्वालामुखी विस्फोट भएपछि मानिसहरूको भागाभाग चलेको छ । सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा स्थानीयहरू कराउँदै भाग्दै गरेको देखिन्छ । खरानीबाट बच्न उनीहरू आश्रयस्थलको खोजीमा दौडिएका हुन् ।
विस्फोट स्थानीय समयअनुसार शनिवार ...