सुदखोर काहूविरुद्ध साउन दोस्रो सातादेखि राजधानी काठमाडौंमा शान्तिपूर्ण रूपमा धर्ना दिइरहेका किसानहरूलाई न्याय दिनुको सट्टा सरकारले उल्टो दमन गर्नु निन्दनीय छ । दिनभर माइतीघरमा धर्ना बस्ने र साँझ परेपछि कीर्तिपुरको सल्यानथानमा बनाइएका अस्थायी टहरामा पुगेर रात कटाउने उनीहरूमाथि सोमबार कीर्तिपुरै पुगेर लाठी बर्साएको प्रहरीले मंगलबार पनि माइतीघरमा धरपकड गरेको छ ।