३ महिनामा झन्डै १७ लाख बुक तास आयात, साढे ३ कराेड रुपैयाँ बाहिरियाे

काठमाण्डाै – तीन महिनामा नेपालमा साढे तीन करोड रुपैयाँभन्दा धेरैको तास आयात भएको छ । भन्सार विभागले हिजो आइतवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को तीन महिनाको तथ्याङ्कअनुसार नेपालमा १६ लाख ९६ हजार दुई सय १२ बुक तास आयात हुँदा तीन करोड ५९ लाख १० हजार रुपैयाँ बाहिरिएको छ । देशमा विदेशी मुद्राको सञ्चिति घट्दै गएको भन्दै सरकारले विलासी वस्तुको आयातमा बन्देज र कडाइ गरेको छ । तर विलासिताकै वस्तुमा गणना हुने तासको आयात भने डरलाग्दो देखिएको छ । तीन महिनामा चीनबाट १६ लाख ५६ हजार बुक तास आयात गर्दा...