अघिल्लो दिन विदेशी जाँडरक्सी र तास आयात रोकेर भोलिपल्ट सरकारले भन्यो – जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा । सरकारको यो पाराले सरकारी कर्मचारीलाई रुने कि हाँस्ने बनाएको छ । रुन थालौँ भने बिदा थपिएको छ, किन रुनु ! हाँस्न थालौँ भने बिदामा टाइमपास गर्ने जाँडरक्सी र तास आयात नै बन्द हुने भयो, कसरी हाँसौँ ! रुने कि हाँस्ने दोधारमा ल्याएर सरकारले सरकारी कर्मचारीमाथि अन्याय गरेको छ ।सरकारलाई लागेको छ, हप्तामा दुई दिन बिदा दिँदा गाडी धेरै चल्दैनन् । गाडी नचलेपछि गाडीमा हाल्ने तेल बच्ने भो । तेल बच...