नबिल ब्यालेन्स फण्ड-३ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

भदौ २९, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने नबिल ब्यालेन्स फण्ड-३ को इकाईमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ । सोमवारसम्म १० करोड ७६ लाख ५३ हजार ८५० इकाईका लागि आवेदन परेको छ । सोमवार ११ बजे सम्ममा ९५ हजार २०५ जना आवेदकबाट उक्त इकाईका लागि आवेदन परेको नबिल इन्भेष्टमेण्ट बैंकिङले जानकारी गराएको हो । आवेदकले मंगलवार बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।  फण्डले भदौ २५ गतेदेखि १० करोड इकाई विक्रीमा ल्याएको हो ।  फण्डले प्रतिइकाई रू. १० का दरले रू. १ अर्ब बराबरको १० करोड इकाई विक्रीमा ल्याएको हो । निष्कासन गरिने इकाईमध्ये कुल विक्री भएको इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाईमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरेको छ ।  त्यसैगरी, १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिङलाई सुरक्षित गरेको र बाँकी रहेको ८ करोड ५० लाख इकाई लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । यस फण्डमो न्यूनतम १०० इकाईको लागि आवेदन दिन सक्नेछन् भने अधिकतम १ करोड इकाईको लागि आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो एक बन्दमुखी योजन हो । १० वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।  

सम्बन्धित सामग्री

कुमारी बैंकको ऋणपत्र आजसम्म मात्र विक्रीमा रहने

काठमाडौं । कुमारी बैंक लिमिटेडले कात्तिक २ गतेदेखि निष्कासन गरेको ऋणपत्र खरीद गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ नामको ऋणपत्र निष्कासन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यमा ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री गर्न लागेको हो । कुल कित्तामध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गरिने भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै खरीदकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाइन प्रयोग गरेर पनि ऋणपत्र खरीद गर्न सक्नेछन् । ऋणपत्र निष्काशनका लागि गराइएको रेटिङ्गमा इक्रा नेपालले बैंकलाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ ।

घोराही सिमेन्टको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले असार २१ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि जेठ ३२ देखि असार ४ गतेसम्म निष्कासनकै क्रममा स्थगित भएको आईपीओ पुनः खुला गरेको हो । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि असार २५ गतेसम्म मात्र आईपीओ विक्री गर्नेछ । यस अवधिभित्र मागबमोजिम आवेदन नपरेको भए कम्पनीले असार ३१ गतेसम्म आईपीओको विक्री खुला गर्ने तय गरेको थियो ।  कम्पनीले सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता रू. ४३५ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छन् । यस कम्पनीले २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ । हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपीसी र पीपीसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ मा निष्कासन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।  सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

माघ १८, काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।   बैंकले कम्पनीको १ लाख ६२ हजार४९८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । यस लिलामीमा शेयरमा आवेदकले आज बंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।  शेयर न्यूनतम मूल्य रू. ६५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने जानकारी गराएको छ ।  विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ असार । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी बिक्रि खुल्ला भएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाले असार १८ गतेदेखि लिलामी विक्रिमा ल्याएको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा बोलपत्र आजसम्म पेश गर्न सकिन्छ । कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य ७०० तोकेको हुनाले शेयर खरिदका […]

स्वावलम्बन लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १५ असार । असार ६ गतेदेखि स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले विक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाको नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा असार १५ (आज)सम्म बोलपत्र पेश गर्न सकिने छ । कम्पनीले प्रतिकित्ता न्युनतम मुल्य ७५० तोकेको हुनाले शेयर खरिदका लागि तोकिएको […]