माघ १८, काठमाडौं । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयरमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।
बैंकले कम्पनीको १ लाख ६२ हजार४९८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । यस लिलामीमा शेयरमा आवेदकले आज बंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।
शेयर न्यूनतम मूल्य रू. ६५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।
उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम शेयर संख्याको लागि कुनै पनि हद नलाग्ने जानकारी गराएको छ ।
विक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।