कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कम्पनी कस्तो छ ? हेरौं भिडियो विवरण

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याएको आईपीओमा आवेदन दिने म्याद आज(शुक्रवार) सम्म रहेको छ ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरी दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ जारी गरेको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।   सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि बाँडफाँट गरीे बाँकी शेयरमध्ये पनि ५ प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकिएको छ । २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरूका लागि छुट्याएर बाँकी शेयर सर्वसाधारणमा विक्री खुला गरिएको हो । यो आईपीओ खरीदका लागि सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था छ ।  कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सक्नेछन् । माघ ५ गतेसम्म कम्पनीको आईपीओका लागि ११ लाख ४७ हजार ५०२ जना आवेदकहरूबाट १ करोड ३३ लाख ९१ हजार ८१० कित्ता शेयर खरीद माग भएको छ । सीडीएस एण्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको यो तथ्यांकअनुसार बिहीवारसम्म मागभन्दा १४ दशमलव ९४ गुणा बढी आवेदन परेको छ ।   

सम्बन्धित सामग्री

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने सरकारको विश्वास

सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास  व्यक्त गरेका हुन् । सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले भने, ‘अव राष्ट्रपतिजीले संविधानतः प्रमाणीकरण गर्नु हुन्छ भन्ने कुरामा हामीलाई विश्वास छ । आज अन्तिम दिन हो, टाइम छ, हेरौं ।’ राष्ट्रपतिले विधेय

३७ तस्वीरमा वर्ष २०७७

काठमाडौं : वर्ष २०७७ को आज अन्तिम दिन। भोलि (बुधबार) विक्रम संवत २०७८ सालको पहिलो दिन।  वर्ष सकिँदै गर्दा सो अवधिका विभिन्न घटनाक्रमहरूको समीक्षा हुने गर्छ। यो सामग्रीमा वर्ष २०७७ का केही महत्वपूर्ण र आकर्षक तस्वीरहरू समेटिएको छ। हेरौं तस्वीरहरू :  कोरोना महामारी फैलिएपछि सेनाले सैनिक मुख्यालय भद्रकाली परिसरमा निर्माण गरेको क्वारेन्टिन । कोरोनाले सुनसान बनेको पशुपति क्षेत्र। उस्तै सुनसान बनेको पाटन दरबार क्षेत्र । लकडाउनका बेला जथाभावी हिँडेकालाई नियन्त्रणम...