घोराही सिमेन्टको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले असार २१ गतेदेखि निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि जेठ ३२ देखि असार ४ गतेसम्म निष्कासनकै क्रममा स्थगित भएको आईपीओ पुनः खुला गरेको हो । कम्पनीको आईपीओ खरीदका लागि मागभन्दा बढी आवेदन परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले कम्पनीले छिटो अवधि असार २५ गतेसम्म मात्र आईपीओ विक्री गर्नेछ । यस अवधिभित्र मागबमोजिम आवेदन नपरेको भए कम्पनीले असार ३१ गतेसम्म आईपीओको विक्री खुला गर्ने तय गरेको थियो ।  कम्पनीले सर्वसाधारणमा प्रिमियमसहित प्रतिकित्ता रू. ४३५ मूल्यमा ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ विक्री खुला गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड छन् । यस कम्पनीले २०६९ सालदेखि आफ्नै चुनढुंगा खानीमार्फत क्लिंकर उत्पादन गर्दै आएको छ । हाल कम्पनीले दाङ जिल्लामा रहेको सिमेन्ट तथा क्लिंकर उद्योगबाट नवीनतम प्रविधि प्रयोग गरी सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ । हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्डअन्तर्गत क्लिंकर तथा ओपीसी र पीपीसी सिमेन्टको उत्पादन तथा विक्री वितरण गरिरहेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

बाराहीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ – बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले बिक्री खुलाएको साधारण सेयर (आईपीओ)मा आवेदन दिने सोमबार (आज) अन्तिम दिन रहेको छ। मंसिर २१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको थियो। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको थियो। जसमध्ये १ लाख ४६ हजार कित्ता सेयर बाँडफाँट गरेको छ। बाँकी […]

पिपुल्स हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

पिपुल्स् हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

इस्टर्न हाइड्रोपावरले आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

मन्दाकिनी हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन

साउन ९ गतेबाट सर्वसाधारणका लागि आईपीओ खुला गरेको मन्दाकिनी हाइड्रोपावरमा आवेदन दिने आज अन्तिम दिन हाे ।

दोर्दी खोला जलविद्युतको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, जेठ ३१ । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन गरेको आईपीओ खरीदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा सोमवारसम्म मागभन्दा ६ दशमलव ४० गुणा बढी आवेदन परिसकेको छ । मागभन्दा बढी आवेदन परिसकेकोेले यो आईपीओ छिटो अवधिमै विक्री बन्द हुन लागेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमवार […]

रिभर फल्सको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

रिभर फल्स पावरको आईपीओ भर्ने आज अन्तिम दिन । कम्पनीले वैशाख २८ गतेदेखि २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर (आईपीओ) आज बन्द हुँदैछ । मंगलबार साँझसम्म १ करोड ७५ लाख ९२ हजार ९२० कित्ताका लागि आवेदन परेको छ ।यद्यपि, इच्छुक लगानीकर्ताले आज बेलुका ४ः३० बजेसम्म न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले बैशाख २८ गतेदेखि जेठ ४ गतेसम्मका लागि जारी गरेको कुल २७ लाख ३० हजार कित्ता सेयर मध्ये ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामुह

बलेफी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, कतिले दिए आवेदन ?

बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को आज अन्तिम दिन । कम्पनीले चैत १६ गतेदेखि २१ गतेसम्मका लागि कुल १८ लाख २७ हजार ९७० कित्ता प्राथमिक सेयर जारी गरेको थियो ।अन्तिम दिनसम्म कम्पनीको आईपीओ खरिदका लागि २ अर्ब ४१ करोड ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बिहान १० बजेसम्म २० लाख ७७ हजार ६४८ जनाले २ करोड ४१ लाख ८३० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणले माग गरेको भन्दा १४.४८ गुणा बढी आवेदन हो । बल

इमर्जिङ नेपालको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

इमर्जिङ नेपालको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन, बेलुकी ५ बजेसम्म आवेदन दिन सकिन्छ । कम्पनीले गत माघ २६ गतेदेखि फागुन १ गते अर्थात् आजसम्मका लागि प्रतिकित्ता १०० रुपैयाँको दरमा ५ लाख ५५ हजार ६०० कित्ता आइपीओ निष्कासन गरेको थियो । कुल ५ लाख ५५ हजार ६०० कित्ता मध्ये कम्पनीले २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारी र ५ प्रतिशत अर्थात् २७ हजार  ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएर बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएक

न्यादी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन, कति दिने आवेदन ?

न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ भर्ने आज अन्तिम दिन ।  कम्पनीले गत असोज १५ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयरका लागि आवेदन दिने समय सीमा आज मंगलबार सकिदैछ । यद्यपि, आईपीओ निष्काशन बन्द हुने अघिल्लो दिनसम्ममा नै माग गरेभन्दा तीब्र संख्यामा आवेदन परिसकेको कम्पनीले जनाएको छ ।कम्पनीले जारी गरेको कुल २२ लाख ५० हजार कित्ता आईपीओ मध्ये कम्पनीले ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात्

तेह्रथुमको आइपिओमा आवेदन दिने आज अन्तिम दिन

तेह्रथुम पावरको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता सेयर निष्कासन भएको थियो । कुल निस्कासनमध्ये ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड भइसकेको छ भने १६ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको छ । बाँकी रहेको ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।पावरले प्रति लगानीकर्ता १० देखि ६० हजार कित्तासम्म आवेदन