ब्रोकर लाईसेन्सको लागि आवेदन दिने आज अन्तिम दिन, नबिलले मायो स्टक डिलरको लाईसेन्स

नयाँ ब्रोकरको लाईसेन्सको लागि आवेदन दिने आज असोज ३१ गते अन्तिम दिन रहेको छ । बोर्डले असोज २ गते ब्रोकर लाइसेन्सको लागि आवेदन खुलाउंदै योग्य तथा इच्छुक कम्पनीलाई ३० दिन भित्र आवेदन दिन आग्रह गरेको थियो । उक्त मिति आज सकिँदै छ।हाल ब्रोकर कम्पनीहरुले ब्रोकर लाईसेन्सको लागि आवेदन दिनको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट धमाधम सिफारिस लिँदै छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेबाट ३५ कम्पनीले ब्रोकर कम्पनीको लाईसेन्सको लागि सिफारिस लिई सकेका छन् ।सिफारिस लिएका जति सबै कम्पनीले भने नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेका छैनन् । आज आवेदन दिने अन्तिम दिन रहेकोले आज उनीहरुले आवेदन दिने छन्। ब्रोकर लाईसेन्सको लागि आवेदन दिंदा नेप्सेको सिफारिस चाहिने ब्यबस्था ऐनमा रहेकोले नेप्सेले सिफारिस माग गरेका सबै कम्पनीलाई लाईसेन्सको लागि सिफारिस गर्ने निर्णय गरिसकेको छ । नेपाल धितोपत्र बोर्ड प्रवक्ता रुपेश केसीले आवेदन दिन आउँदा नेप्सेको सिफारिस पत्र पनि आवश्यक पर्ने बताए । आवश्यक कागजात मध्ये एउटा कागजात नेप्सेको सिफारिस पत्र पनि रहेको उनले उल्लेख गरेका हुन्  ।  बोर्डले नयाँ ब्रोकर लाईसेन्स खुलाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यवसायी) नियमावली २०६४ मा पनि संशोधन गरेको थियो । संशोधन अनुसार नियमावली लागु भएपछि लगत्तै र त्यसपछि हरेक ३ वर्षमा अध्ययन गरेर ब्रोकर लाइसेन्स खुलाउने उल्लेख छ । त्यस्तै संशोधित ब्यबस्थाले ३ तहको ब्रोकरको ब्यबस्था गर्दै चुक्ता पुँजी पनि बढाएको छ । यद्यपि हाल भईरहेका ब्रोकरले भने २०८२ असार मसान्तसम्म बोर्डले तोकेको चुक्ता पुँजी पुर्याउन सक्ने छन् ।  शेयर खरिद बिक्रि मात्र गर्ने ब्रोकरलाई पहिलो तह भनिएको छ ।  यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी २० करोड तोकिएको छ । त्यस्तै शेयर खरिद बिक्रिको साथ साथ, डिपीको रुपमा काम गर्ने, पीएमएस तथा परामर्श सेवा दिने र मार्जिन कारोबार सम्बन्धि सेवा समेत दिने ब्रोकरलाई दोस्रो तह भनिएको छ । यस्ता ब्रोकरको न्युनतम चुक्ता पुँजी ६० करोड तोकिएको छ । स्टक डिलरलाई तेस्रो तह तोकिएको छ र उनीहरुको लागि न्युनतम चुक्ता पुँजी १५० करोड कायम गरिएको छ ।नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटिज स्टक डिलरको लाईसेन्स माग गर्दै बोर्डमा आवेदन दिएका छ। यस कम्पनीले १५० करोड पुँजी कायम गर्ने गरि स्टक डिलरको लाईसेन्सको लागि बोर्डमा आवेदन दिएको हो । हाल नागरिक लगानी कोषको सहायक कम्पनीको रुपमा रहेको नागरिक स्टक डिलर कम्पनी पुँजीबजारको एकमात्र स्टक डिलर हो । 

सम्बन्धित सामग्री

राधी विद्युत कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

राधी विद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज असोज २५ गते अन्तिम दिन रहेको छ । कम्पनीले असोज ५ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।कम्पनीले हाल कायम चुक्ता पुँजीकाे १:१.४७५२ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा १०० प्रतिशतले हुन आउने९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हाे ।कम्पनीले हकप्रद प्रयोजनका लागि भदौ १२ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, भदाै १० गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा असोज २५ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ ।