लुम्बिनी विकास बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले जेठ १६ गतेदेखि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘११ प्रतिशत एलबिबिएल डिबेन्चर २०८९’ मा निष्कासन गरेको हो । बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । सोमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ ।  सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको ३ लाख ८० हजार कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

लुम्बिनी विकास बैंक र बयोधाबीच सम्झौता

लुम्बिनी विकास बैंक र काठमाडौं बल्खुस्थित बयोधा अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी, डेबिट कार्डवाहक, बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता र निक्षेपकर्ताले बयोधा अस्पतालमा १० देखि १५ प्रतिशतसम्म छुट...

लुम्बिनी विकास बैंकका अध्यक्षको शपथग्रहण

लुम्बिनी विकास बैंक लिमिटेडका अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । पुस २६ मा भएको बैंकको १५औँ वार्षिक साधारणसभाबाट निर्विरोध सञ्चालक हुँदै सर्वसम्मत अध्यक्ष चयन भएका चिन्तामणि भट्टराईले नेपाल राष्ट्र...

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षद्वारा शपथग्रहण

लुम्बिनी विकास बैंक लिमिटेडको नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम उनले नेपाल राष्ट्र बैंकका डेपुटी...

सनराईज बैंक र लुम्बिनी विकास बैंकबीच सहकार्य

सन्राइज बैंक र लुम्बिनी विकास बैंकबीच पोइन्ट अफ सेल (पीओएस) सेवाका लागि सहकार्य भएको छ ।बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा लुम्बिनी विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले सहकार्यको लागि सम्झौतापत्रमा हस्ताक्षर गरे ।योसँगै लुम्बिनी विकास बैंकले कार्डमार्फत हुने डिजिटल भुक्तानी स्वीकार गर्न आफ्ना ग्राहकलाई पोइन्ट अफ सेल डिभाइस उपलब्ध गराउन सक्नेछ भने […]

लुम्बिनी विकास बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता

लुम्बिनी विकास बैंकले नेपाल पेमेन्ट सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ ।सम्झौताअनुसार लुम्बिनी विकास बैंकसँग आबद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्सको लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पूर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा […]

लुम्बिनी विकास बैंकलाइ आइक्यानको सम्मान

नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट संस्था (आइक्यान) ले प्रत्येक वर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड ऐनुअल रिपोर्ट (बिपीए) को फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड लुम्बिनी विकास बैंकलाई दिएको छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो ।बैंकले सदैव कटिवद्ध रही आफ्ना ग्राहकलाई उत्कृष्ट […]

लुम्बिनी विकास बैंकलाई रनरअप अवार्ड प्राप्त

काठमाडौं । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय ‘नेपाल चार्टड एकाउन्टेन्ट संस्था’ (आईक्यान) ले लुम्बिनी विकास बैंकलाई रनरअप अवार्ड प्रदान गरेको छ । आईक्यानले प्रत्येक वर्ष वितरण गर्ने बेष्ट प्रिजेन्टेड ऐनुअल रिपोर्ट (बिपीए) को फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड लुम्बिनी विकास बैंकले पाएको छ । सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त गरेको हो । लुम्बिनी विकास बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ द

लुम्बिनी विकास बैंकद्वारा सम्मान

लुम्बिनी विकास बैंकले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई सम्मान गरेको छ । शेर्पाले २५औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमानी कायम गरेको भन्दै बैंकले बधाइसहित सम्मान गरेको हो ।उक्त कार्यक्रममा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले कीर्तिमानी पर्वतारोही शेर्पालाई बैंकको केन्द्रिय कार्यालय डिल्लीबजारमा सम्मान गरेका हुन् । शेर्पा बिगत दुई दशकदेखि लुम्बिनी विकास […]

लुम्बिनी विकास गुरुयोजना परिस्कृत गर्न आग्रह

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजनालाई परिस्कृत गर्नुपर्ने बताएका छन् ।आइतबार आफ्नो स्पेन भ्रमणको सम्बन्धमा जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले लुम्बिनी विकास गुरुयोजना पुरानो भइसकेको र धेरै कुरामा परिवर्तन आइसकेको भन्दै लुम्बिनी विकास गुरु योजनामा नयाँ कुरा थप गर्नुपर्ने बताएका हुन् । स्पेनमा बन्न लागेको लुम्बिनीले गौतम बुद्धको जन्मभूमि नेपालमा […]