मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) भर्ने आज अन्तिम दिन । कम्पनीले गत साउन १४ गतेदेखि संस्थाको कर्मचारी, सामुहिक लगानी कोष र सर्वसारणका लागि गरी कुल ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीको उक्त सेयरका लागि आवेदन दिने समय आज सकिँदैछ । तर, कम्पनीको सेयर खरिदका लागि आवेदन दिन सकिने अन्तिम दिनको अघिल्लो दिनसम्म माग गरे भन्दा ३५ गुणा बढीको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलका अन