मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओमा पहिलो दिनमै ७१ लाख ४३ हजार ८०० कित्ताको लागि आवेदन परेको छ ।
बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म ५ लाख ७ हजार ६०० जना लगानीकर्ताले ७१ करोड ४३ लाख ८० हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो सर्वसाधारणले आवेदन दिन पाउने ६ लाख ८४ हजार ७४६ कित्ताको १०.४३ गुणा धेरै आवेदन हो ।
मैलुङ खोला जलविद्युत कम्पनीले आज बिहीबार (साउन १४ गते) देखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले कुल ७ लाख २६ हजार २८६ कित्ता आईपीओ बिक्री खुला गरेको हो । य...