माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ बाँडफाँट

३ कात्तिक काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड सर्वसाधारणलाई निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले १८ देखि २२ असोजसम्म सर्वसाधारणका लागि १२ करोड ४ लाख २० हजार रुपैयाँ बराबरको १२ लाख ८४ हजार २०० […]

सम्बन्धित सामग्री

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ सर्वसाधारणले खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले सर्वसाधारणका लागि असोज १८ गतेदेखि विक्रीमा ल्याएको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि असोज २२ गतेसम्म आईपीओ विक्री गर्न लागेको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन तथा बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो । आफ्नो जारी पूँजी १ अर्ब रूपैयाँको ३० प्रतिशतले हुन आउने ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न कम्पनीले अनुमति पाएको थियो । कुल कित्ता आईपीओमध्ये १ लाख ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीमा र ९ लाख ९० हजार ८०० कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयमा यस अघि बाँडफाँट गरिसकिएको छ । स्थानीयका लागि छुट्याएको १० लाख कित्ता आईपीओमध्ये विक्री हुन नसकेको ९ हजार २०० कित्ता आईपीओ भने सर्वसाधारणमा थप गरि विक्री गर्न लागिएको छ । यी वाहेक सामूहिक लगानीकोषका लागि ७५ हजार कित्ता र कम्पनीका कर्मचारीहरूमा ५ लाख कित्ता आईपीओ बाँडफाँट गरी १२ लाख ८४ हजार २०० कित्ता आईपीओ भने सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो । कम्पनीको आईपीओ खरीदका लागि सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।  आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालयबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयर अनलाईन समेत आवेदन दिनका लागि प्रयोग गर्न सकिनेछ । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस

स्थानीयमा ९ हजार २०० कित्ता बिकेन माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले साउन ४ गतेदेखि भदौ १७ गतेसम्म स्थानीयमा विक्री गरेको १० लाख कित्ता आईपीओमध्ये ९ लाख ९० हजार ८०० कित्ता आईपीओ असोज १ गते बाँडफाँट गरेको हो । स्थानीयका लागि छुट्याएको आईपीओमध्ये ९ हजार २०० कित्ता भने वितरण हुन सकेन । कम्पनीले स्थानीयमा विक्री हुन नसकेको उक्त आईपीओ सर्वसाधारणमा थप गरी विक्री गर्नेछ । पहिलो चरणमा आयोजना प्रभावित स्थानीयसँगै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा समेत आईपीओ विक्री गरेको थियो । कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र माग गरेभन्दा बढी शेयर खरीद माग भएकाले १५ हजार जना आवेदकहरूलाई १० कित्ताका दरले भदौ १८ गते आईपीओ बाँडफाँट गरिसकेको छ । यस कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ ।

माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता आईपीओ विक्री गरेको थियो । तोकिएको अवधिभित्र मागभन्दा बढी शेयर खरीद माग भएकाले १५ हजार जना आवेदकहरूलाई १० कित्ताका दरले भदौ १८ गते आईपीओ बाँडफाँट गरेको हो । आयोजना प्रभावित स्थानीयमा पनि कम्पनीले साउन ४ गतेदेखि भदौ १७ गतेसम्म आईपीओ विक्री गरिसकेको छ । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री खुला गरेको हो । प्रतिशेयर १०० अंकित मूल्यमा कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपीओ स्थानीयमा विक्री गरेको हो । स्थानीयमा विक्री गरिएको कुल कित्ता शेयरमध्ये ५ लाख ७१ हजार ४३० कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र रसुवाको उत्तरगया गाउँपालिका वडा नं. ९ का बासिन्दाहरूलाई बाँडफाँट गरिनेछ ।  त्यस्तै २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५ तथा नुवाकोटको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि र सो क्षेत्र बाहेकका रसुवाका अन्य क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँट गरिनेछ । यस कम्पनीले रसुवामा १४ दशमलव ३ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनको कुल अनुमानित लागत २ अर्ब ५० करोड रुपैयाँ छ भने प्रतिमेगावाट लागत १७ करोड ४८ लाख २५ हजार १७४ रुपैयाँ छ ।