कोरोनाविरुद्धको ७ लाख १९ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन खोप नेपाल आइपुगेको छ । विहिबार बिहान एक मात्रा मात्रै लगाए पुर्ण मात्रा हुने जोन्सन एण्ड जोन्सन खोप आइपुगेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा प्रमुख डा.सुरेन्द्र प्रसाद चौरसियाले जानकारी दिए । शुक्रबार जोन्सन एण्ड जोन्सनकै थप १४ लाख ४७ हजार मात्रा खोप आइपुग्न पनि उनले बताए । यसअघि अमेरिकाले कोभ्याक्स सुविधा अन्र्तगत नेपाललाई १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको थियो । यस्तै, २३/२४ डिसेम्ब