आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइँदै (खोप केन्द्रको सूचीसहित)

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाइँदैछ। एक पटक मात्रै लगाए पुग्ने यो खोप ५० देखि ५४ वर्ष उमेर समुहलाई लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आजदेखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइने जानकारी दिए । जोन्सन एण्ड जोन्सनको खोप […] The post आजदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइँदै (खोप केन्द्रको सूचीसहित) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

खोप कार्ड हरायो ? यसरी लिनुस् प्रतिलिपि

आज माघ ७ गतेदेखि सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गरिएको छ। खोप कार्ड नभएकाहरुले  सार्वजनिक निकायमा सेवा प्राप्त गर्न सक्ने छैनन्। खोप कार्ड नभएकाहरुले आफ्नो खोप कार्डको फोटो मोबाइलमा देखाएर सेवा लिन सक्ने छन्  । सरकारले आज बाट यो ब्यबस्था लागु गरेको हो । जस अनुसार आजबाट भौतिक रुपमा उपस्थित भई गर्नु पर्ने कार्य जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्नु पर्छ भने खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी गर्नु पर्छ। आजबाट खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीलाई मात्र खोप कार्डको आधारमा होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्न दिने ब्यबस्था गरिएको छ।यदि तपाईंले खोप लगाइसक्नु भएको छ तर कार्ड हराएको छ खोप कार्डको प्रतिलिपिको ब्यबस्था गरिएको छ।दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट प्रतिलिपि लिन सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै जोन्सन एण्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट प्रतिलिपि लिन सकिन्छ । पहिलो मात्रा खोप लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट प्रतिलिपि लिन सकिन्छ।

ललितपुर महानगरमा भोलिदेखि यी नागरिकलाई लगाइँदैछ जोन्सन एण्ड जोन्सन खोप

काठमाडौं । ललितपुर महानगरपालिकामा भोलि सोमबारदेखि जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ । सार्वजनिक सवारी चालक सहचालक, बैंक वित्तीय संस्था, सहकारी संस्थाका कर्मचारी, विदेश जान भिसा टिकट लिइ बसेका, अन्य पेशा व्यवसायीहरुलार्ई खोप लगाइने जनाइएको छ । खोप लगाउनका लागि महानगरपालिकाले तीनवटा खोप केन्द्र तोकेको छ ।  पाटन माध्यमिक विद्यालय, जावलाखेल चोक...

दाङमा ५५ वर्षमाथिका नागरिकलाई भेरोेसेल खोप लगाउन आजदेखि शुरु

साउन ३, दाङ । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई आज (आइतवार) देखि खोप लगाउन लागिएको हो । जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जानकारी दिएको छ । ‘एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ ।’  कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले भने, ‘स्थानीय तहका १०० बढी स्वास्थ्यचौकी एवम् स्वास्थ्य एकाइबाट खोप लगाइने छ ।’ हालसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ ।  त्यसैगरी जिल्लाभर आठ हजार बढीलाई भेरोसेल खोप लगाइएको छ । जोन्सन एण्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपांगता भएका नागरिकलाई खोप लगाइने जानकारी दिइएको छ । रासस

विदेश जाने कामदारलाई जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराउन विभागको माग

श्रम स्वीकृत गरेको प्रमाण र राहदानीसहित तोकिएको जोन्सन एण्ड जोन्सन खोप केन्द्र वा स्वास्थ्य मन्त्रालयले तोकेको केन्द्रबाट खोप प्राप्त गर्न सकिने जनाइको छ ।