नेकपा एमालेले काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ५ वर्षमा गरेका कामको मूल्याङ्कन गर्ने भएको छ । आगामी स्थानीय तह चुनावमा फेरि महानगर प्रमुखमा उम्मेदवारी दिने बताउँदै आएका शाक्यको कामको मूल्याङ्कनपछि मात्रै पुनः उम्मेदवार बनाउने वा नबनाउने भन्ने बारेमा निर्णय गरिने एमाले काठमाडौं सहइन्चार्ज कृष्ण राईले रातोपाटीलाई जानकारी दिए । उनले भने– ‘काठमाडौं महानगरमा को मेयरको उम्मेदवार हुने भन्ने सन्दर्भमा विद्यासुन्दरजीले ५ वर्षमा गरेको कामको हामी मूल्याङ्कन गर्छौँ । त्यस