४ साउन, काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले विद्यार्थी सिकाइका लागि आन्तरिक मूल्याङ्कन मापदण्ड, २०८० सार्वजनिक गरेको छ । आन्तरिक मूल्याङ्कनका आधारहरु वैज्ञानिक बनाउन मापदण्ड तयार गरिएको केन्द्रले जनाएको छ । नयाँ पाठ्यक्रम लागू भएसँगै विद्यालयले मूल्याङ्कन गरेको आधारमा २५ प्रतिशत अंक पठाउने र विद्यार्थीले दिएको बाह्य परीक्षाको आधारमा ७५ प्रतिशत मूल्याङ्कन हुने व्यवस्था थियो । […]