काठमाडौं, साउन १० । यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ। सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो। नतिजा केही दिनमै आउँदै छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै पटकबाट लागू हुनेगरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत […]