काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। मूल्यवृद्धि, मल अभाव लगायत जनजीविकाको विषय समेटेर असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।
पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो।