जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सोमबार केन्द्रीय सदस्यहरुको टाउको गनिरहेको निर्वाचन आयोगले सोमबार साँझ निर्णय सुनाउने भएको छ । नियमअनुसार साँझ ५ बजेसम्म सनाखत गराएर इजलासबाट आजै साँझ फैसला सुनाउने आयोगको तयारी छ ।निर्वाचन आयोगले उपेन्द्र यादव पक्षमा बहुमत देखिएकाले उसैलाई आधिकारिकता दिने संकेत देखिइसकेको छ । तथापि महन्थ ठाकुर पक्षमा उभिने सांसदहरु पदमुक्त हुने–नहुने बारेमा भने आयोग नबोल्ने भएको छ ।आयोगको उच्च स्रोतले रातोपाटीसँग भन्यो, ‘विवादित दुई समूहमध्ये कुन आधि