काठमाडौं : आवधिक निर्वाचनअन्तर्गत तीन तहकै सरकारका लागि भएका निर्वाचन सकिएका छन्। निर्वाचन सकिए पनि यसको प्रक्रिया भने अझै कम्तीमा छ महिना जारी नै रहने छ। त्यो भनेको निर्वाचनलाई स्वच्छ बनाउने प्रक्रिया हो।निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा ५ ले निर्वाचन स्वच्छताको व्यवस्था गरेको छ। जसमा भनिएको छ, ‘निर्वाचन खर्च नबुझाएको र निर्वाचन आयोगले तोकेको समय सीमाभित्र जरिवानासमेत नबुझाउने व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः बदर हुनेछ।’ निर्वाचित जनप्रतिनिध